३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्यो फेवा विकास बैंक



अ+ अ-

पोखरा । पोखराका दुई वित्तिय संस्था मर्ज भएका छन् । फेवा फाइनान्स र विश्व विकास बैंक आपसमा मर्ज भइ गत सोमबारबाट फेवा विकास बैंकको नामबाट एकीकृत कारोबार सुुरु गरेका हुन् । नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेवा फाइनान्सका रेशमबहादुर थापा रहेका छन् भने सञ्चालक समितिको अध्यक्ष विश्व विकासका जगनबहादुर गुरुङ भएका छन् । मर्जरको प्रक्रिया थालेको छोटो अवधिमा डिडिए सम्पन्न गरी स्वाप रेसियो समेत मिलाउन दुवै संस्था सफल भएका छन् । विषय विज्ञपछि नियक्त गर्ने गरी अहिलको लागि संञ्चालक समितिमा दुवै संस्थाबाट चार÷चार जना राख्ने निर्णय गरिएको अध्यक्ष जगनबहादुर गुरुङले बताए । नयाँ कम्पनीको चुत्ता पुँजी ८१ करोड ६२ लाख रुपैयाँ पुगेको छ । मर्ज पछि अब ठूलो लगानीका लागि समेत आफूहरु तयार रहेको रेशमबहादुर थापाले जानकारी दिए । देशब्यापी सञ्जालको लागि काठमाडौंमा कर्पोरेट अफिस राख्ने भावि योजना सुनाउँदै प्रमुख कार्यकारी अधिकृत थापाले वित्तिय अवस्था राम्रो रहेका दुई संस्था मर्ज भएपछि अहिलेको शाख कायम राख्न सक्नु मुख्य चुनौति रहेको बताए । मर्जपछि तीन वटाको सट्टामा अन्य स्थानमा शाखा विस्तार गर्ने योजना रहेको थापाले बताए । पोखराको बगर शाखालाई लेखनाथमा स्थापना गर्ने र आगामी वर्षमा बुटवल पश्चिमका जिल्लामा सेवा विस्तार गर्ने बैंकको योजना छ ।