३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थ र ग्याँसको मुल्य घट्यो



अ+ अ-

काठमाडौं, १७ साउन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि घटाइएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ । मूल्य घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धन अन्तराष्ट्र्रि्यतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको छ । अब अन्तर्रा्ष्ट्रिय उडानतर्फ हवाई इन्धन प्रतिकिलोलिटर १३२५ डलरमा झरेको छ ।
निगमले पहिलो पटक खाना पकाउने ग्यासको पनि मूल्य घटाएको छ । खाना पकाउने ग्याँसको प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएर १४ सय ३५ रुपैयाँ कायम गरिएको निकले जनाएको छ ।