२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितीमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

यससँगै नेपालमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् ।

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।