२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधबकुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन: केपी ओली



अ+ अ-

काठमाडौ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधब कुमार नेपाल र उहाँको गुटलाई एमालले पार्टी भनेर मान्न नसकिने बताउनु भएको छ । महाधिबेशनको पूर्बसध्यामा  सम्पादकहरु संग अन्तरक्रियामा ओलीले भन्नुभयो 'माधब नेपालको समूहलाई पार्टी मान्न सकिदैन , महाधिबेशनमा पार्टीलाई बोलाएका छौ , सबै व्यक्तिलाई बोलाउन मिलेन ।'

अन्तरक्रियामा अध्यक्ष ओलीले भन्नुभयो 'एमालेको सरकार ढालेर बिपक्षीको सरकार बनाउने अनुशासनहिन काम गर्ने अराजक समुहलाई पार्टी कसरी मान्ने ?'

अन्तरक्रिया कार्यक्रममा ओलीले भन्नुभयो एमाले फुट्यो भन्नु गलत हाे । उहाँले भन्नुभयो 'केही मानिस चोइटिए ,अब एमाले एक लय एक तालमा अघि बढेको छ, पार्टी संगठन शुद्धिकरण र शुदृढिकरण भएको छ ।'