१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधबकुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन: केपी ओली



अ+ अ-

काठमाडौ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधब कुमार नेपाल र उहाँको गुटलाई एमालले पार्टी भनेर मान्न नसकिने बताउनु भएको छ । महाधिबेशनको पूर्बसध्यामा  सम्पादकहरु संग अन्तरक्रियामा ओलीले भन्नुभयो 'माधब नेपालको समूहलाई पार्टी मान्न सकिदैन , महाधिबेशनमा पार्टीलाई बोलाएका छौ , सबै व्यक्तिलाई बोलाउन मिलेन ।'

अन्तरक्रियामा अध्यक्ष ओलीले भन्नुभयो 'एमालेको सरकार ढालेर बिपक्षीको सरकार बनाउने अनुशासनहिन काम गर्ने अराजक समुहलाई पार्टी कसरी मान्ने ?'

अन्तरक्रिया कार्यक्रममा ओलीले भन्नुभयो एमाले फुट्यो भन्नु गलत हाे । उहाँले भन्नुभयो 'केही मानिस चोइटिए ,अब एमाले एक लय एक तालमा अघि बढेको छ, पार्टी संगठन शुद्धिकरण र शुदृढिकरण भएको छ ।'