५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

भारतसँग खेल्न छानियो नेपाली फुटबल टोली

भारतसँग खेल्न छानियो नेपाली फुटबल टोली
अ+ अ-

काडमाडौं, साउन ३०,
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ३० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

विगत एक महिनादेखि अभ्यासरत ४५ खेलाडी मध्येबाट पहिलो चरणमा ३० जना खेलाडी छनौट गरिएको हो । ३० सदस्यीय प्रारम्भिक टोलीको तीन जना गोल रक्षकहरु किरण चेम्जोङ्, विकेश कुथु र रितेश थापा रहेका छन् । यस्तै, डिफेन्डरमा सागर थापा, सन्दिप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, रञ्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी र अजित भण्डारी छन् । त्यस्तै मिडफिल्डरमा भोलानाथ सिलवाल, हेमन्त थापा मगर, राजु तामाङ, श्याम नेपाली, सुशील केसी, विश्वास श्रेष्ठ, विशाल राई र विक्रम लामा छन् । त्यसैगरी फरवार्डमा अनिल गुरुङ, जुमानु राई, भरत खवास, अन्जन विष्ट, विमल घर्तीमगर, भरत शाह र नवयुग श्रेष्ठ छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी भने ध्रुव केसीलाइ दिइएको छ । नेपाली टोलीले भारतसँग आगामी आगामी भदौ १४ गते भारतको पुनेमा मैत्रीपूर्ण खेल खेल्दैछ । भारतविरुद्धको मैत्रीपूर्ण खेललाई नेपाली टोलीले आसन्न साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारीको रुपमा हेरिएको छ ।