• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचन : ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

सभामुखद्वारा गृहमन्त्रीलाई निर्देशन



काठमाडौं, साउन ३१। सभामुख सुवासचन्द्र नेम्वाङले गृहमन्त्री बामदेव गौतमलाई आन्दोलनको क्रममा सरकारको भूमिकाबारे संसदलाई जानकारी दिन निर्देशन दिनु भएको छ ।
संसदको आजको बैठकमा विशेष समय लिएर सांसदहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सरकारको जवाफ मागेपछि सभामुख नेम्वाङले राजधानी लगायत देशका विभिन्न जिल्लामा आन्दोलनमा क्रममा सरकारले गरेको काम कारबाहीबारे संसदको अर्को बैठकमा जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिनु भएको हो ।
संसद बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलानाथ गिरीले सरकारी दमनबारे गृहमन्त्रीले माफी माग्नुपर्ने अन्यथा सभाको कारबाही अघि नबढ्ने चेतावनी दिएपछि राप्रपा नेपालका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख नेम्वाङले गृहमन्त्रीको जवाफ माग्नु भएको थियो । संसद बैठकको
संसदमा फोरम लोकतान्त्रिकका सांसद जनक चौधरी र लालबाबु रावतले पनि सरकारले आन्दोलनकारीलाई दबाउन खोजेको भन्दै आपत्ति जनाएका थिए ।
आजको संसद बैठकमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रस्तुत गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) (पहिलो संशोधन) विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको थियो ।
संसदको आजको बैठकमा पनि विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकहरुमध्ये शहरी विकास, सिंचाई, सूचना तथा सञ्चार, शिक्षा र वन तथा भू–संरक्षण मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सांसदले धारणा राख्ने क्रम शुरु भएको छ ।