• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

सभामुखद्वारा गृहमन्त्रीलाई निर्देशन



काठमाडौं, साउन ३१। सभामुख सुवासचन्द्र नेम्वाङले गृहमन्त्री बामदेव गौतमलाई आन्दोलनको क्रममा सरकारको भूमिकाबारे संसदलाई जानकारी दिन निर्देशन दिनु भएको छ ।
संसदको आजको बैठकमा विशेष समय लिएर सांसदहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सरकारको जवाफ मागेपछि सभामुख नेम्वाङले राजधानी लगायत देशका विभिन्न जिल्लामा आन्दोलनमा क्रममा सरकारले गरेको काम कारबाहीबारे संसदको अर्को बैठकमा जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिनु भएको हो ।
संसद बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलानाथ गिरीले सरकारी दमनबारे गृहमन्त्रीले माफी माग्नुपर्ने अन्यथा सभाको कारबाही अघि नबढ्ने चेतावनी दिएपछि राप्रपा नेपालका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख नेम्वाङले गृहमन्त्रीको जवाफ माग्नु भएको थियो । संसद बैठकको
संसदमा फोरम लोकतान्त्रिकका सांसद जनक चौधरी र लालबाबु रावतले पनि सरकारले आन्दोलनकारीलाई दबाउन खोजेको भन्दै आपत्ति जनाएका थिए ।
आजको संसद बैठकमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रस्तुत गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) (पहिलो संशोधन) विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको थियो ।
संसदको आजको बैठकमा पनि विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकहरुमध्ये शहरी विकास, सिंचाई, सूचना तथा सञ्चार, शिक्षा र वन तथा भू–संरक्षण मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सांसदले धारणा राख्ने क्रम शुरु भएको छ ।