५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरेको छैन: अध्यक्ष ओली



अ+ अ-

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने वा नउठ्ने भन्नेबारेमा अहिलेसम्म आफूले कुनै निर्णय नगरेको बताउनुभएको छ । पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरुसँगको अन्तरक्रियामा उहाँले अहिलेसम्म आफूले अध्यक्ष पदमा उठ्नेबारे कुनै निर्णय नगरेकाले अध्यक्ष पदका लागि पार्टी उपाध्यक्ष डा भीम रावलले आफूलाई चुनौती दिएको भन्न नमिल्ने बताउनुभयो । 

पार्टी उपाध्यक्ष डा रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । ‘रावलले मलाई चुनौती दिनुभएको छैन किनभने मैले अध्यक्ष पदमा उठ्ने वा नउठ्ने भनेर निर्णय गरिसकेको छैन’, उहाँले भन्नुभयो, ‘उहाँको भनाइले मलाई आदर, सद्भाव, स्नेह र सम्मान गर्नुभएको छ भन्ने लागेको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित भएको छु ।’

नेकपा एमाले लोकतान्त्रिक पार्टी हो भन्दै उहाँले कुनै पनि पदमा नउठ्नका लागि कुनै पनि किसिमको जोरजुलुम वा दबाव दिने काम नहुने स्पष्ट गर्नुभयो । ‘मैले उठ्ने टुङ्गो गरिसकेको छैन, यदि मैले उठ्ने निर्णय गरेँ भने कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ, यसले दबाव पर्न सक्छ, मेरो त्यस्तो मनसाय छैन तर मलाई कसैले चुनौती दिन्छ भने म त्यसलाई स्वागत गर्छु ।’ लोकतन्त्रमा चुनौती स्वाभाविक हुने उहाँको भनाइ थियो ।