३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

बर्दियामा बाढीको खतरा, घर भत्किएर एकको मृत्यु

बर्दियामा बाढीको खतरा, घर भत्किएर एकको मृत्यु
अ+ अ-

बर्दिया, ४ भदौ । बबई नदीमा पानीको सतह बढेपछि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

बबईको पानीको सतह मापन केन्द्र चेपाङमा राति ३ बजेदेखि पानीको सतह बढेर ५.७० मि पुगेकाले नदी आसपासका सबै जनतालाई सतर्कता अपनाउन माइकिङ र स्थानीय रेडियोमार्फत अनुरोध गरिएको हो ।

बबईको पानी मापनकेन्द्र चेपाङमा पानीको सतह ५.५० सतर्कताको स्तर र ६.१० मि खतराको स्तर हो ।
आज अपराह्नसम्म चेपाङमा पानीको सतह घट्दै गएको छ । पानीको सतह घट्दै गए पनि बिहानको पानीको प्रभाव दिउँसोसम्म पर्ने भएकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

गए राति परेको अविरल वर्षात्का कारण घर भत्किएर बासगढी नगरपालिका वडा नं ११ माछागढका ६० वर्षीय दुर्जन थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रशासनको अनुरोध र पानीको सतह बढ्दै गएपछि बिहानै नदी आसपासका स्थानीयवासी सुरक्षित ठाउँमा सर्न थालेका छन् । बबई आपसपासका बगनाह, बनियाभार, पदनाह, धधबार र गुलरियाका जनतालाई बिहानैदेखि सतर्कता अपनाउन अनुरोध गरिएको र बाढीको सम्भावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ एवम् दैवीप्रकोप उद्धार समितिका संयोजक विनोदबहादुर कुँवरले बताउनुभयो । रासस