• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु



तेल अभिभ । इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ । गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो । 

एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरुको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताउनु भएको छ । यसअघि बाह्रदेखि १७ वर्षका किशोरकिशोरी खोप दिन सुरु गरिसकिएको थियो । तर फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ । 

यो सजिलो निर्णय नभएको, तर संयुक्त राज्य अमेरिकाबाट उपलब्ध भएको डाटाको आधारमा पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीले मंगलबार बिहान आफ्नै कान्छो छोरालाई खोप लगाउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । इजरायल गत वर्ष कोरोनाभाइरसविरुद्ध खोपहरू शुरुवात गर्ने पहिलो देशहरु मध्ये एक हो । (रासस-एएफपी)