२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

बर्दिया निकुञ्ज र हात्ती आकर्षण

बर्दिया निकुञ्ज र हात्ती आकर्षण
अ अ+ अ-

शंकरप्रसाद खनाल

पढेर के गर्ने ? धेरैको एउटै जवाफ हुन्छ, ‘जागिर खाने’ । गाउँघरमा सरकारी जागिर भनेपछि जो पनि हुरुक्कै हुन्छन् । सूर्यपटुवा–३ का सन्तराम चौधरीले पनि सरकारी जागिर नै रोजे तर गाउँका पढे लेखेका मान्छेभन्दा फरक खालको । ११ कक्षामा पढ्दै गरेका थारुले जागिरको रुपमा हात्ती चलाउने काम गर्न थाले । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा एक बर्ष काम गरेका उनी आफू भन्दा धेरै गुणा ठूलो हात्तीलाई नियन्त्रणमा लिएर चलाउँछन् । भन्छन्,‘हात्तीलाई चलाउन त्यत्ति सजिलो छैन ।’ माहुते कलिराम चौधरीबाट हात्ती चलाउन सिकेका उनी हात्ती चलाउँदा नयाँ–नयाँ साथीसँग भेट हुँदा रमाइलो मान्छन् ।

ठाकुरद्वारा–६ निवासी रामगोपाल थारुले हात्ती चलाउन थालेको ३ बर्ष भइसकेको छ । उनको जागिरे पद पछुवा हो तर काम भने हात्ती चलाउने । उमेरले २७ बर्षका मात्र भएका चौधरी चम्पाकली हात्तीमा स्वदेशी र विदेशी पर्यटकलाई जंगल घुमाउनमा ब्यस्त हुन्छन् । सौखका रुपमा हात्ती चलाउने पेशा रोजेका चौधरीलाई यही पेशा रमाइलो लाग्न थालेको छ । तलब सुविधा न्यून भए पनि पर्यटकलाई खुसी बनाउँन पाउँदा उनी रमाउँछन् । घना जंगलमा जाँदा भने चोटपटक लाग्ने डर पनि हुन्छ । बाटो बनाउँदै हिड्नुपर्ने भएकाले बन्चरो र खुर्पा बोक्नुपर्छ उनी भन्छन्, ‘बाटो बनाउन कुकाठका रुखहरु काट्नै परे पनि हामीलाई छुट छ ।’

ठाकुरद्वारा–९ शिवपुरका मुन्सीराम चौधरीले हात्ती चलाउन थालेको ५ बर्ष भएको छ । उनी पनि रहरै रहरले हात्ती चलाउने पेशामा आबद्ध भए । हात्ती चलाउनु सजिलो नभएको दाबी गर्दै भन्छन्, ‘आपूmभन्दा ठूलो जनावरलाई नियन्त्रणमा लिएर काम गर्न जति कठिन छ, त्यत्ति नै जंगलमा जाँदा जोखिम मोल्नुपर्छ ।’ पर्यटकहरु हात्ती चढेर जति धेरै जंगली जनावर हेर्न पायो खुसी हुन्छन् । तर जनावरको आक्रमणको खतराबाट जोगाउने काम माहुतेकै हुन्छ । चौधरी भन्छन्, ‘जंगली हात्ती भेट्टियो भने ज्यान जोगाउनै कठिन हुन्छ ।’ गएको असोज महिनाको घटना सुनाउँदै उनले भने, ‘घुम्दै जाँदा चार वटा जंगली हात्ती भेटिए । घना झाडी भएकाले हात्ती फर्काउन पनि नमिल्ने । हात्तीमाथि विदेशी पर्यटक थिए । छोड्न पनि सकिएन । झण्डै ५० मिटर नजिक आएका जंगली हात्ती करार भगाए ।’ उनले हात्ती चलाउँदाको यो घटना कहिल्यै नबिर्सने गरी दिमागमा बसेको बताए । घर हात्ती भाले भयो भने त झनै खतरा हुन्छ । जंगली हात्तीले भेटाए कि लखेटिहाल्छ । उनी भन्छन्, ‘हात्तीले बाघ र गैंडालाई हान्न नै जान्छ । त्यसैले अन्य जनावरको भने त्यत्ति डर हुँदैन ।’

सन्तराम, रामगोपाल र मुन्सिराम मात्र होइन, बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका गाविसका युवाहरुमा हात्ती चलाउने मोह बढेको छ । उनीहरु रहरै रहरले हात्ती चलाउन कम्मर कसेर लागेका छन् । कुनै बेला माहुते खोज्न बारा, पर्सा, सर्लाही र रौतहटका मानिस खोज्नु पथ्र्यो । अहिले हात्ती चलाउने पेशामा स्थानीय युवाहरुको सक्रियता बढेको छ । पूराना माहुतेसँग हात्ती चलाउने सीप सिक्दै स्थानीय युवाहरु धमाधम माहुते बन्न थालेका छन् । बर्दियाको हात्तीसारमा स्थानीय युवाहरु नै माहुतेको रुपमा बढी छन् । थारुले पनि पूर्वेली मधेशी भाषामा नै हात्ती चलाउने गर्छन् । उनीहरु थारु भाषामै हात्तीलाई थारु भाषामै चलाउने कुरामा जोड त दिन्छन् तर हात्तीलाई थारु भाषा कसले सिकाउने भन्ने समस्या रहेको बताउँछन् ।

२०३४ सालमा स्थापना भएको हात्तीसारमा १० ठूला र छावा ६ वटा गरी १६ वटा हात्ती छन् । हात्ती चलाउने माहुते र रेखदेख गर्ने कर्मचारी भने पर्याप्त छैनन् । हात्तीसारको कर्मचारी हुन निजामति कर्मचारी सरह लोकसेवाको परीक्षा पास गर्नुपर्छ । लोकसेवाले विज्ञापन नगरेको धेरै बर्ष भइसकेको छ । आयोगले कर्मचारी नियुक्ति नगरेका कारण पनि करारमा कर्मचारी राख्दा हात्तीसारमा स्थानीय वासिन्दाले प्राथमिकता पाएका हुन् । हात्तीसारमा ३४ जना कर्मचारी छन् । जसमा एक चौथाइ कर्मचारी करारमा छन् । सात जना मात्र स्थायी छन् । १० जना माहुतेमध्ये २ जना मात्र स्थायी छन् ।

नेपालमा कोशी टप्पु, चितवन, पर्सा, महाकाली र बर्दियामा मात्र हात्तीसार छ । सबै हात्तीसारका माहुते र पछुवाहरुको सुविधामा एकरुपता छैन । अन्य हात्तीसारका करार कर्मचारीले दशैं पेश्की पाउँदा पनि यहाँका कर्मचारी पेश्कीबाट बञ्चित रहेको गुनासो गर्छन् । सरकारी सेवा गर्नेले ६ महिना काम गरे दशैं पेश्की पाउने प्रावधान छ । सात बर्ष काम गरेर पनि पेश्कीबाट बञ्चित गरिएकोमा कर्मचारीहरु दुःखी छन् । श्रेणीविहीन माहुतेको तलब मासिक ७ हजार छ । त्यो बाहेक पूनिफर्म र रासन वाहेक सरकारबाट केही सुविधा पाउँदैनन् करार कर्मचारीले । हात्तीसारका दरोगा (खरिदार) बिष्णुबहादुर मगर दशैं पेश्कीका लागि आपूmहरुले पहल गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘अरु हात्तीसारमा पाएको सुविधा यहाँ पनि हुनुपर्छ भनेर हामीले पनि आवाज उठाइरहेका छौं ।’

असोज महिनादेखि जेठ महिनालाई पर्यटकीय सिजन मानिन्छ । पर्यटकले आपूmले हेर्न खोजेको जनावर भेटे खुसी भएर माहुतेलाई टिप्स दिन्छन् । सरकारी सेवा सुविधाबाट सन्तुष्ट नभए पनि विदेशी पर्यटकले दिने टिप्सको कमाई राम्रो हुने भएकाले युवाहरु माहुते बन्न आकर्षित भएको स्थानीयवासीहरु बताउँछन् ।
बर्दिया निकुञ्ज र आकर्षण

२०२६ सालमा शिकार सुरक्षित बनको रुपमा स्थापना भएको यो निकुञ्ज २०३१ सालमा कर्णाली बन्यजन्तु आरक्ष, २०३८ सालमा बर्दिया बन्यजन्तु निकुञ्जहुँदै २०४५ सालमा शाही बर्दिया राष्ट्रिय निकुञ्ज बनेको हो । ०६२÷०६३ को दोश्रो जनआन्दोलको सफलतासँगै निकुञ्जको नाम समेत परिवर्तन भइ अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भएको छ । ९८६ वर्ग मिटर क्षेत्रफल रहेको निकुञ्जको उचाइ समुद्र सतहदेखि अधिकतम् १४४१ मिटर (सुकरमाला) र न्यूनतम् उचाई १५२ मिटर (मनाउघाट) रहेको छ । निकुञ्जको लम्बाई पूर्व पश्चिम ७० किलो मिटर छ भने चौडाई उत्तर–दक्षिण १०–२० किमि रहेको छ ।

निकुञ्जको मूख्य आकर्षण हात्ती चढेर जंगली जनावर हेर्नु हो । यही सुविधाका कारण पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आन्तरिक र वाह्य पर्यटकहरु लोभिन्छन् । गर्मी महिनामा कर्णाली नदीको चिसो पानीमा ¥याप्mटिङ्ग गर्न पाउनु विदेशी पर्यटकका लागि अर्को आकर्षण हो भने बर्षायाममा कर्णाली नदीमा डल्फिन हेर्न पाइन्छ । चिसापानीमा बनेको कर्णाली नदीको पुल पनि एउटा आकर्षणको केन्द्र हो । विश्वकै लोपोन्मुख वन्यजन्तु कृष्णसार पनि बर्दियामै पाइन्छ । जंगली हात्ती, गैंडा, पाटेबाघ, चितुवा, चरी बाघ, हुडार, काठे भालु, कालो भालु, बाह्रसिंहा जस्ता जंगली जनावरका लागि पनि निकुञ्ज प्रसिद्ध छ ।

ठाकुरद्वारामा रहेको निकुञ्ज परिसरमा गोही प्रजनन् केन्द्र रहेको छ । जहाँ विभिन्न थरीका गोही र गोहीका बच्चाहरु पनि हेर्न पाइन्छ । गोही प्रजनन् केन्द्र पनि पर्यटकको आकर्षणको अर्को केन्द्र हो । यही परिसरमा पालेको गैंडा पनि हेर्न पाइन्छ । हात्ती चढेर मृगहरु हेर्नुको मजा पनि बेग्लै हुन्छ तर निकुञ्ज परिसरमै जंगली मृगहरु चरेको हेर्न सकिन्छ । साँझपख नजिकैबाट मृगको फोटो खिच्न सकिन्छ ।