५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

क्युवामा फहरायो सिलाइएको अमेरिकी झण्डा

क्युवामा फहरायो सिलाइएको अमेरिकी झण्डा
अ+ अ-

एकराज पाठक

दोस्रो विश्वयुद्धपछि लगत्तै सुरुभएको शीतयुद्धकै क्रममा ४ जनवरी १९६१ मा अमेरिकी जलसेनाका तीन जवानले क्युवामा रहेको अमेरिकी दूतावासको झन्डा झिकेर थन्क्याएका थिए । त्यसको ५४ वर्षपछि यसैहप्ता त्यही पुरानो घटनाको नाटकीय तर यथार्थ रुप देखियो राजधानी हवानामा ।

उही झण्डा, दूतावासको उही भवन अनी उनै सैनिक जवान, ५४ वर्षअघि निकालिएको त्यही झण्डालाई सिलाएर र त्यो झण्डा झिक्ने सैनिक जवानलाई नै लगाएर गतहप्तामात्र फेरि फहराइयो । ५४ वर्षअघि झण्डा झिक्ने सैनिक जवान निवृत्त भइसकेका थिए तर उनैलाई सो झण्डा पुनः राख्नका लागि बोलाइयो र राख्न लगाइयो ।

वास्तवमा भावुक थियो गत अगष्ट १५ को त्यो दिन । विदेशमन्त्री जोन केरी गत अगस्ट १५ का दिन हवाना पुग्नुभयो र क्युवामा रहेको अमेरिकी दूतावासको सिङ्गारिएको भवन परिसरमा त्यही पुरानो अमेरिकी झन्डाको झण्डोत्तोलन गर्नुभयो । त्यहाँ उपस्थित अमेरिकी र क्युवाली नागरिकले त्यस क्षणलाई बडो खुसीको घटनाका रुपमा लिए । यो झण्डोत्तोलनले संयुक्त राज्य अमेरिका र क्युवाबीच एक सुनौलो बिहानीको सुरुवात पनि भएको छ । साथै यी दुई राष्ट्रबीचको ५४ वर्षपछिको यो नविन सम्बधले परिभाषा पनि फेरिदिएको छ ।

सञ्चारमाध्यमहरुले जन्मजात सत्रु भनेर सुरु गर्ने गरेका समाचारका कथाहरुमा पनि अब परिवर्तन आएको छ । दौत्य सम्बन्धको पुनःस्थापना भएको देशका रुपमा उनीहरुले अब आफ्ना समाचारहरुको सुरुवात गर्नेछन् ।

सन् १९४५ पछि पहिलो पटक अमेरिकी विदेशमन्त्रीका हैसियतमा गतहप्तामात्र जोन केरीले क्युवाको औपचारिक भ्रमण गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकाले गत जुलाई २० का दिन क्युवासँग दौत्य सम्बन्ध कायम गर्ने औपचारिक निधो गरेपछि हवानामा अमेरिकी राजदूतावास स्थापना गरी दौत्य सम्बन्धलाई औपचारिकता दिनेसम्बन्धी विभिन्न प्रक्रिया सुरु गरिएको थियो ।

गत वर्षको डिसेम्बर १७ मा लामो समयपछिको मौनता भङ्ग भएको थियो । राष्ट्रपति बाराक ओबामा र क्युवाली सहकर्मी राहुल क्यास्ट्रोकाबीच त्यसदिन औपचारिक वार्ता भयो र त्यसपछि पनि विभिन्न चरणमा छलफल एवम् कुराकानी र प्रयास जारी नै छन् । अन्ततः जुलाई २० का दिन अमेरिकाले क्युवामा र क्युवाले अमेरिकामा आ–आफ्नो राजदूतावास पुनःस्थापना गर्ने सहमति गरे । सायद त्यो समाचारले विश्वमा नै स्थान पायो ।

क्युवाली लगभग बहुसङ्ख्यक जनता स्पेनी भाषा बोल्छन् । स्पेनी भाषामै भाषण गर्नुभयो विदेशमन्त्रीले पनि त्यसदिन र संयुक्त राज्य अमेरिकाले आफ्नो विश्वव्यापी राजनीतिमा परिमार्जन गरेको बताउनुभयो । तर यस परिमार्जनले क्युवा जस्तो साम्यवादी मुलुकमा प्रजातन्त्रप्राप्तिका लागि दबाब दिन कुनै बाधा नपार्ने र राजनीतिक परिवर्तनलाई सघाउने विश्वास पनि त्यसै अवसरमा अमेरिकी विदेशमन्त्रीले व्यक्त गर्नुभयो । अमेरिका सदैव प्रजातान्त्रिक सिद्धान्त र राजनीतिक सुधारका लागि एक मित्रका रुपमा रहीरहने विश्वास पनि विदेशमन्त्री केरीले दिलाउनुभयो ।
प्रजातन्त्रका हिमायती क्युवाली जनतालाई अमेरिकाले सदैव सम्मान गर्ने र आफूले चाहेको जनप्रतिनिधि छान्नबाट क्युवाली जनसमुदायलाई अब कसैले रोक्न नसक्ने समेत उहाँले बताउनुभएको थियो ।

यता अमेरिकामा भने राष्ट्रपति ओबामाको प्रमुख प्रतिपक्षी दलले लामो समयसम्म शत्रुता कायम रहेको मुलुकसँग यति छिट्टै सम्बन्धका घटबढ हुने भनी विरोध जनाएको छ । रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारसमेत रहेका तथा क्युवाली मुलका अमेरिकी सिनेटर कडा विरोध जनाएका छन् । ओबामा प्रशासनको झण्डोत्तोलन समारोहमा क्युवाली प्रजातान्त्रिक नेताहरुलाई निमन्त्रणा नगरिएकामा पनि उनले जमेर आक्रोश पोखेका छन् ।
अधिकांश क्युवाली जनता प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्षरत छन् तर जब उनीहरु विरोध प्रदर्शन गर्दछन् उनीहरुलाई घेराबन्दी गरिन्छ । पक्राउ गरिन्छ र जथाभावी कठघरामा कुटपिट गरिन्छ ।
तर यता जोन केरीले भने क्युवाली प्रजातन्त्रवादी नेताहरुलाई व्यक्तिगत हैसियतमा भेटी उनीहरुको कुरा ध्यानपूर्वक सुन्नु भएको र क्युवामा तपाईंहरु वासिङगटनका मित्रका रुपमा हुनुहुन्छ भनी ढाडस् दिनुभएको कुरा अमेरिकी अधिकारीले बताएका छन् ।

क्युवासँग दौत्य सम्बन्ध कायम भएपछि बाराक ओबामाले एक अप्ठ्यारो विषयमाथि साहसिक निर्णय लिनुपर्ने छ । अमेरिकाले आफ्नो मन नमिल्ने वा शत्रुता कायम भएको मुलुकउपर लागू गर्ने गरेको व्यापार वाणिज्यसम्बन्धी कानुन “टे«डिङग विथ द इनेमी एक्ट” को दायराबाट क्युवालाई हटाउनुपर्ने छ । संयुक्त राज्य अमेरिका पहिलो विश्व युद्धमा होमिएपछि सन् १९१६ मा निर्माण भई अमेरिकी संसद्मा पारित भएको यस कानुनकै आधारमा क्युवालाई अमेरिकाले विभिन्न आर्थिक प्रतिबन्ध र नाकाबन्दी लगाउँदै आएको थियो ।

समयको परिवर्तन सँगसँगै अमेरिकी प्रशासनले यस कानुनमा समयसापेक्ष परिमार्जनसमेत गर्दै आइरहेको थियो । यस कानुनले अमेरिकासँग शत्रुता कायम गर्ने मुलुकउपर कति डिग्रीको प्रतिबन्ध वा नाकाबन्दी गर्ने भन्ने कुरा अमेरिकी राष्ट्रपतिकै स्वविवेक र तजबिजीमा भर पर्नेछ । तर यस सम्बन्ध पुनस्र्थापनाको प्रस्ताव नै अमेरिकी राष्ट्रपतिका पक्षबाट भएकोले सायद उसमाथि लगाउने गरिएका यी प्रतिबन्धहरुमा पुनर्विचार गर्ने नै छ ।

आगामी सेप्टेम्बर ५ मा ओबामाले यस कानुनको दायराबाट क्युवालाई फुकुवा गर्ने या नगर्ने भन्ने निर्णय दिनुपर्ने छ । क्युवालाई यस कानुनबाट उन्मुक्ति दिएमा राष्ट्रपति बाराक ओबामाको क्युवामाथिको आफ्नो हालिमुहाली स्वात्तै घट्ने छ । आफ्नो दुई कार्यकाल पूरा गरिसक्नुभएका ओबामाको निर्णयले आगामी अमेरिकी राष्ट्रपतिलाई क्युवाली मामिलामा प्रभाव पर्न पनि सक्छ । तसर्थ ओबामाको बुद्धिमत्तापूर्ण निर्णय उहाँलाई आगामी राष्ट्रपतिबाट हुने सम्भावित अवगालबाट जोगाउने र सन्तुलन कायम गर्ने छ । रासस (स्रोत :  विभिन्न समाचार संस्थाका सामग्री)