२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई झापामा महाधिबेशन गर्न एमाले अध्यक्ष ओलीको निम्ता



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा  महाधिबेशन गर्दा अरु नेताहरु लाई नआत्तिन सुझाब दिनुभएको छ । मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा ओलीले भन्नुभयो 'कोही नेताहरुले कहाँ कहाँ चुनाब लड्दै हिड्छन् त्यहाँ महाधिबेशन गर्न नमिल्ने हो र ? ' उहाँले भन्नुभयो ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । प्रचण्डजीले  झापा आएर महाधिबेशन गर्दा हुन्छ । मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा महाधिबेशन गरेर आफुलाई चुनौती दिन खोजेको बताउदै आउनु भएको छ । दाहालको चिन्ता प्रति ओलीले भन्नुभयो 'उहाँ कहिले रोल्पा , कहिले काठमाडौ , कहिले सिराह कहिले चितवन पुग्नु हुन्छ उहाँ पुगेका ठाउमा अरुले कार्यक्रम गर्न नै नहुने हो र ?'

उहाँले भन्नुभयो 'प्रचण्डजीको चिन्ता एमाले को महाधिबेशनमा भन्दा पनि केही दिन अधि चितवनमा भएको नेकपा मालेको महाधिबेशन प्रति केन्द्रित रहेको हो की । माले पनि माओबादी सिध्याउन चितवन नै आयो भन्ने कुरा हो जस्तो लाग्छ । '