१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश बम हत्याका अभियुक्त मगरलाई नेपाल ल्याइयो



अ+ अ-

काठमाडौं भदौ ६ – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्याका अभियुक्त सञ्जय स्माइली मगरलाई नेपाल प्रहरीले साउदी अरबमा पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीको सीआइबी टोलीले मगरलाई भारतहुँदै नेपाल ल्याएको हो । नेपालमा हत्या गरी साउदी अरब पुगेका मगरलाई पक्राउ गर्न प्रहरीले इन्टरपोल मार्फत् रेड कर्नर नोटिस जारी गरेको थियो ।

बमको हत्यामा संलग्न चुरेभाबर एकता पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा, सुटर करण चौधरी, प्रेमराज खड्का र दिपक कर्णलाई प्रहरीले गत पुसमै पक्राउ गरिसकेको छ । खड्का धरौटीमा छुटेका छन् भने अरु पुर्पक्षका लागि थुनामा छन् ।