• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

प्रश्नपत्रको सङ्गालो साझाले मात्र छाप्न पाउने



काठमाडौँ, ६ भदौ । उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनबीच कक्षा ११ र १२ का पूराना प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता भएको छ ।

कसैले बिना स्वीकृति यी सामग्री अनधिकृत रुपमा छपाइ गरी विक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत निर्णयमा उल्लेख छ । यस सम्झौताबाट उच्च माध्यमिक शिक्षा परिषद्ले निश्चित ‘रोयल्टी’ प्राप्त हुने र साझा प्रकाशनको कारोवारमा वृद्धि हुनेछ ।
यसरी दुई संस्थाबीच भइरहेको यो सम्झौताले दुवै संस्थाबीच पारस्परिक सहकार्यमा थप सहयोग पुग्ने भई आर्थिक उन्नतिको सन्देश प्रवाह हुने विश्वास गरिएको छ । रासस