• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण ★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट

प्रश्नपत्रको सङ्गालो साझाले मात्र छाप्न पाउने



काठमाडौँ, ६ भदौ । उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनबीच कक्षा ११ र १२ का पूराना प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता भएको छ ।

कसैले बिना स्वीकृति यी सामग्री अनधिकृत रुपमा छपाइ गरी विक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत निर्णयमा उल्लेख छ । यस सम्झौताबाट उच्च माध्यमिक शिक्षा परिषद्ले निश्चित ‘रोयल्टी’ प्राप्त हुने र साझा प्रकाशनको कारोवारमा वृद्धि हुनेछ ।
यसरी दुई संस्थाबीच भइरहेको यो सम्झौताले दुवै संस्थाबीच पारस्परिक सहकार्यमा थप सहयोग पुग्ने भई आर्थिक उन्नतिको सन्देश प्रवाह हुने विश्वास गरिएको छ । रासस