३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक करिडोरमा रु चार अर्ब घाटा



अ+ अ-

वीरगन्ज, भदौ ६ । प्रादेशिक सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै एक सातादेखि जारी बन्दले वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा झन्डै रु चार अर्ब बराबरको घाटा भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अनुसार यो क्षेत्रका उद्योग, व्यापार, विद्युत्, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारमा एक दिनमात्र बन्द हुँदा करिब रु ५६ करोड बराबरको नोक्सानी हुने गरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अशोक टेमानीले माग भए अनुसारको सामान समयमै बजारसम्म पु-याउन नसकिरहेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, होटल, खुद्रा पसल, उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रलाई जोड्दा यस क्षेत्रमा एक दिनमा रु दुई अर्बभन्दा बढीको घाटा व्यहोर्नु परेको छ,” उहाँले भन्नुभयो ।
वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रमा साना ठूला गरी एक हजारभन्दा बढी उद्योग छन् । बन्दले सबैभन्दा बढी दैनिक ज्यालादारीमा कार्यरत मजदुर प्रभावित भएका छन् । यो करिडोरमा १९ हजारभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले जनाएको छ ।
विद्युत् आपूर्तिमा देखिएको अनियमितता, चर्को विद्युत् भार कटौती, चन्दा आतङ्क, बैंकको चर्को ब्याजदर र बजार अभावलगायतका विभिन्न समस्यासँग जुध्दै उद्योग सञ्चालन गरिरहेका उद्योगी बन्द हडतालले निरास भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस