• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष

बन्दले पेट्रोलको भाउ बढ्यो



सप्तरी, भदौ  ७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्द आज दशौँ दिन पनि सप्तरीमा जारी छ । यहाँको जनजीवन थप कष्टकर बनेको छ । 

सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले तराई मधेस बन्दको आह्वान गरेको हो । मोर्चाको कार्यकर्ताले कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् भने पूर्व पश्चिम राजमार्गको ठाउँठाउँमा ढुङ्गा तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
यस्तै बन्दबाट सप्तरीमा कलकारखाना, उद्योगधन्दा, बजार पसल, शिक्षण संस्थासमेत ठप्प रहेको छ । मोर्चाका कार्यकर्ताले सप्तरीको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
यता लामो समयदेखिको बन्दका कारण दैनिक उपभोग्य सामानमा महँगी बढ्न थालेको छ । खासगरी खाद्यान्न सामग्री र सागसब्जीलगायतको दैनिक उपभोग्य सामग्रीमा दोब्बर महँगी बढेको उपभोक्ता बताउँछन् ।
यस्तै लामो समयको बन्दले यहाँको बजारमा पेट्रोलको अभाव भई भाउ बढेको छ । प्रति लिटर रु ११५ मा पाइने पेट्रोल लगातारको बन्दले अहिले रु १५० मा किन्न बाध्य भएको उपभोक्ता परमेश्वर झाले बताउनुभयो । रासस