२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमासकस नजिकै हवाई आक्रमण ३४ को मृत्यु



अ+ अ-

बेरुत, ६ भदौ । सिरियाको राजधानीको बाहिरी इलाकामा पर्ने विद्रोहीको बलियो प्रभाव रहेको क्षेत्रमा सिरियाली सैनिकद्वारा गरिएको भीषण बमबारीमा ३४ सर्वसाधारणको मृत्यु भएको समाचार छ । 

बाह्र जना बालबालिकासहित ३४ जनाको मृत्यु भएको मानवअधिकारवादी समूहले आइतबार जनाएको छ । डोउमामा भएको यस आक्रमणमा १२ बालबालिका र ८ महिलासहित ३४ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्देल रहमानले आइतबार बताउनुभएको छ ।
सिरियाली राष्ट्रपति बसार अल असादका समर्थक सैनिकहरूले विद्रोहीको बलियो प्रभाव रहेका डोउमा शनिबार गोलाबारी र हवाई आक्रमण भएको बताइएको छ । शनिबार अबेर राति अब्जरभेटरीले यस आक्रमणहरूमा २० व्यक्तिको मृत्यु भएको जानकारी दिएको थियो । तर यस आक्रमणमा परी घाइते भएका व्यक्तिहरूको रातभरीमा मृत्यु भएपछि सो सङ्ख्या बढेर ३४ पुगको अब्जरभेटरीले आइतबार जानकारी दिएको छ ।
यस हवाई आक्रमणमा परी केही परिवारका सम्पूर्ण सदस्य घरभित्र नै मारिएका पनि निर्देशक रामीले बताउनुभएको छ ।




भर्खरै