५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

भूकम्पपछि ठप्प सगरमाथा आरोहण पुन: सुरु

भूकम्पपछि ठप्प सगरमाथा आरोहण पुन: सुरु
अ+ अ-

वैशाख १२ गते गएको भूकम्पपछि रोकिएको सगरमाथाको आरोहण अभियान आरम्भ भएको पर्यटन विभागले जनाएको छ।

अर्को साताबाट सुरु हुने शरद ऋतुकालीन आरोहणका निम्ति १५ वटा टोलीले सगरमाथालगायत विभिन्न हिमाल आरोहणको लागि दर्खास्त दिएको विभागले जनाएको छ।अघिल्लो वर्ष हिमपहिरो र यो वर्ष भूकम्पका कारण प्रभावित भएको सगरमाथा आरोहणको अभियानका लागि दुईजना जापानी रहेको टोलीले हिजो पर्यटनमन्त्री कृपासुर शेर्पाबाट अनुमति पत्र लिएका हुन्।

त्यससँगै यो वर्ष सगरमाथा आरोहणको अभियान पुन: सुरु भएको पर्यटन विभागका महानिर्देशक गोविन्द बहादुर कार्कीले बताए।उनले भने, “पर्यटन क्षेत्रका लागि खुशीको कुरा भन्नुपर्छ, आइतबार एउटा जापानी टोलीले सगरमाथा चढ्ने अनुमति पाएको छ, उनीहरुले सोमबारबाटै आरोहणको काम सुरु गर्न सक्छन्।”

अघिल्लो वर्ष यो ऋतुमा १ सय ८३ वटा टोलीले विभिन्न हिमालहरुको आरोहण गरेको थियो।यो वर्ष भूकम्पपछि पर्यटनका अन्य क्षेत्रमा जस्तै सगरमाथालगायतका हिमालहरुको आरोहणमा पनि ठूलो असर पर्ने चिन्ता व्यक्त भइरहेका छन्। तर पर्यटन विभागले अहिलेसम्मको अवस्था हेर्दा त्यति निराश हुनु नपर्ने बताएको छ।

महानिर्देशक कार्की भन्छन्, “केही न केही असर चाहिँ पर्छ तर त्यस्तो धेरै नै नघट्ला भन्ने हाम्रो अनुमान छ। आरोहण गर्नेहरुको संख्या एक तिहाई जति घटे पनि आधा नै त नघट्ला।”यो वर्ष दर्खास्त दिएका १५ मध्ये सगरमाथा जाने १ सहित अन्य हिमालका लागि ११ वटा टोलीले अनुमति पाइसकेको विभागले जनाएको छ।http://www.bbc.com/nepali/news/2015/08/150823_everest_expedition