• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई ★   २०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने ★   गोर्खा सैनिकले उठाएका मुद्दा न्यायोचित रुपमा सम्बोधन हुने गृहमन्त्री लामिछानेको अपेक्षा ★   देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने ★   हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते ★   इलाम २ मा राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ ★   नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द ★   ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी…

‘माटोको सहर’ लोमान्थाङमा बृहत् सफाइ



मुस्ताङ, भदौ ७। ‘माटोको सहर’ भनेर परिचित लोमान्थाङ उपत्यकामा बृहत् सरसफाइ गरिएको छ । 

उपत्यकाभित्र अवस्थित बस्ती वरपर प्रदूषण बढ्दै गएपछि सीमा प्रशासन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप), स्थानीय आमा समूह, नेपाली सेनालगायतको पहलमा आइतबार बृहत् सरसफाइ गरिएको हो । सरसफाइ अभियानमा करिब १५० जनाको सहभागिता रहेको थियो ।
सरसफाइका क्रममा स्थानीय बजारबाट सङ्कलन भएको फोहरलाई जलाउनुका साथै ‘ल्यान्डफिल्ड साइड’ मा लगेर जलाइएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । फरक भू–बनोट, माटोले निर्मित घर तथा आवास गृहका कारण लोमान्थाङलाई माटो सहरका रुपमा चिनिन्छ । लोमान्थाङमा रहेको पूर्व राजपरिवारको दरबार र उपत्यकाको सबै घर, आँगन र सार्वजनिक स्थानमा पनि सरसफाइ गरिएको छ ।
स्थानीयलाई नियमित सरसफाइ गर्न प्रेरित गर्ने उद्देश्यले सफाइ गरिएको सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालले बताए । लोमान्थाङ एकै गाउँमा रहेको गाविस पनि हो । “यहाँ बसोबास पनि धेरै छ र जनघनत्व पनि त्यहीअनुसारको छ”, ढकालले भने, “त्यसैले, फोहर बढ्ने हुँदा त्यसलाई नियमित रुपमा व्यवस्थापन गर्नुपर्छ ।” रासस