१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध छैनः गोकर्ण विष्ट

महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध छैनः गोकर्ण विष्ट
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताउनुभएको छ । 

मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताउनुभयो । 

उहाँले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पार्नुभयो । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिदैँछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिदैछ । जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भिरतासाथ मनन गर्दै सहमती, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सिमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ । यसतर्फ हामी अत्यन्त गम्भिर हुन्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन । 

एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरुमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरुमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरुलाई पुरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्नेगरी नै हामी भुमिका खेल्छौँ । यो महाधिवेशनमा कुनैपनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन ।’

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’