३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

दिनमा मात्र पन्ध्र मिनेटको श्रमले चन्द्रबहादुरले बनाए बाह्रवटा चौतारी

दिनमा मात्र पन्ध्र मिनेटको श्रमले चन्द्रबहादुरले बनाए बाह्रवटा चौतारी
अ+ अ-

म्याग्दी, ९ भदौ । जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ ।

कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि बढ्न थालेको छ । विगत ६ महिनादेखि दैनिक १५ मिनेटका दरले श्रमदान गरेर कार्कीले बेनी नगरपालिका–४ अन्तर्गतका खवरा, रोहोटे, बगरफाँटका गाउँलगायत सामुदायिक वन क्षेत्र र बाटोमा १२ वटा चौतारी निर्माण गर्नुभएको स्थानीयवासी रामबहादुर सापकोटाले जानकारी दिनुभयो ।

दैनिक १५ मिनेटको श्रमदानले प्रत्येक टोलमा फोहर फाल्ने खाल्डो निर्माण भइसकेको छ भने बेनपा–४ खवरादेखि बेनी आउने बाटो पनि सफा रहनुका साथै पायक पर्ने विभिन्न १२ भन्दा बढी स्थानमा चौतारो निर्माण गरिएको कार्कीले बताउनुभयो । गाउँका लागि सरसफाइ, पानीका मुहान सरसफाइ, वृक्षरोपण, चौतारो निर्माण लगायतका काम गरिसकेका कार्कीले एक दिनमा १५ मिनेटको श्रमदानले सामाजिक सद्भावसमेत बढाएको जानकारी दिनुभयो ।

समाजका लागि काम गर्दा आपसी भेटघाट बढ्नुका साथै सद्भावसमेत बढ्ने गरेको छ कार्कीले भन्नुभयो । समाजको काममा त्यो समाजमा बस्ने सबैको दायित्व हुन्छ भन्ने बोध गराउन र सामाजिक कार्यमार्फत परिचित हुने उद्देश्यले सुरु गरेको चौतारी निर्माण र वरपिपल अभियानबाट आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कार्कीको भनाइ छ । रासस