• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु

संविधान लेखन पूरा गरौं : प्रधानमन्त्री कोइराला



काठमाडौँ, भदौ ९ । प्रधानमन्त्री सुशील कोइरालाले विरोध प्रदर्शन छोडेर संविधान लेखनलाई पूरा गर्न आग्रह गरेका छन् ।

नयाँ बानेश्वरमा बुधवार विहानदेखि शुरु भएको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री कोइरालाले नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरुबीचको साझा दस्तावेज भएकाले संविधान लेखनलाई सार्थक तुल्याउन सभासद्सँग आग्रह गरेका हुन् ।
‘मस्यौदामा केही कमी कमजोरी भए परिमार्जन गर्न सकिन्छ । मेरा सबै कुरा समेटिएन भनेर नआत्तिनुस्’, उनले भने, “सबै पार्टीले परिमार्जन गर्न मिल्छ भनिरहेका छन् । अब जनतालाई छिटो संविधान दिनुपर्छ ।’