९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अफगानिस्तान भिड्दै



अ+ अ-

काठमाडौं, भदौ १० । साफ यु–१९ च्याम्पियनसिप फुटबलमा विहीबार (आज) सेमिफाइनल खेल हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने पहिलो सेमिफाइनलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ ।
उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि अफगानस्तिानको चुनौती सहज भने हुने छैन । घरेलु मैदानमा नेपाल समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तान समूह ‘बी’को उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
नेपालले समूहमा भुटान र बंगलादेशलाई हराएको थियो । अफगानिस्तानले भने माल्दिभ्सलाई हराउँदा भारतसँग पराजित भएको थियो ।
६ टोली सहभागी प्रतियोगितामा भुटान र माल्दिभ्स समूह चरणबाटै घर फर्किएका थिए । विहीबारै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्ने छन् ।