१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अफगानिस्तान भिड्दै



अ+ अ-

काठमाडौं, भदौ १० । साफ यु–१९ च्याम्पियनसिप फुटबलमा विहीबार (आज) सेमिफाइनल खेल हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने पहिलो सेमिफाइनलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ ।
उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि अफगानस्तिानको चुनौती सहज भने हुने छैन । घरेलु मैदानमा नेपाल समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तान समूह ‘बी’को उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
नेपालले समूहमा भुटान र बंगलादेशलाई हराएको थियो । अफगानिस्तानले भने माल्दिभ्सलाई हराउँदा भारतसँग पराजित भएको थियो ।
६ टोली सहभागी प्रतियोगितामा भुटान र माल्दिभ्स समूह चरणबाटै घर फर्किएका थिए । विहीबारै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्ने छन् ।