२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

टीकापुरमा छानबिनका लागि केही पक्राउ

टीकापुरमा छानबिनका लागि केही पक्राउ
अ अ+ अ-

धनगढी, भदौ ९ । टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति आज केही सामान्य देखिएको छ ।

शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको हो ।

प्रहरी र सेनाको संयुक्त गस्तीसँगै आज त्यहाँ तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप हुन नपाई स्थिति मङ्गलबारको तुलनामा सामान्य देखिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताउनुभयो ।

स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । यस्तै, टीकापुर नगर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएका गाउँबस्तीमा सेना र प्रहरीसहितले गस्ती गरेपछि आसपासका गाविस क्षेत्रमा एकखालको सन्नाटा छाएको मात्र नभई स्थानीय अझै आतङ्कित नै छन् ।

निषेधाज्ञाको उल्लङ्घन गर्दै मङ्गलबार टीकापुर र आसपासका केही गाउँमा एक समूहले मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का सभासद् जनकराज चौधरीको घरका साथै स्थानीय केही सर्वसाधारणका घर÷पसलमा तोडफोड गरेपछि अझै पनि हिंसा भड्किन सक्ने भन्दै स्थानीय आतङ्कित बनेका हुन् ।

छानबिनका लागि पक्राउ

प्रहरीले सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई आज पक्राउ गरेको छ ।

संयुक्त गस्ती टोलीले जोशीपुरका सुन्दरलाल चौधरी, झपटनारायण कुस्मी, खडक चौधरी, प्रेम चौधरी, मुनुवाका रामचन्द्र चौधरी, नारायणपुरका रामजनम चौधरी, मुनुवाका सुन्दर कठरिया, दीलबहादुर चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया र हरिनारायण चौधरीलगायतलाई छानबिनका लागि पक्राउ गरेको नाम उल्लेख नगर्ने शर्तमा सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ । सुरक्षा स्रोतले घटनामा संलग्न अएको भन्दै पक्राउ गरिएकाको बारेमा थप विवरण दिन भने मानेनन् ।

पत्रपत्रिकाको प्रकाशन बन्द

घटनापछि टीकापुर क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । टीकापुरबाट चार-पाँचवटा पत्रिका प्रकाशन हुँदै आएका थिए । त्यहाँस्थित रेडियो फूलबारी एफएममा मङ्गलबार भएको तोडफोडपछि त्यसको प्रसारणसमेत बन्द भएको छ । एफएममा भएको तोडफोड र स्थानीय केही पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । रासस