२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

शीर्ष नेतृत्वबाट धैर्य र परिपक्वता देखाउन आवश्यक छ – सभासद्

शीर्ष नेतृत्वबाट धैर्य र परिपक्वता देखाउन आवश्यक छ – सभासद्
अ अ+ अ-

काठमाडौँ, भदौ ९ । सङ्घीय प्रदेशको सीमाबारे अहिले मुलुकमा उठेका असन्तुष्टिका स्वरलाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेतृत्वले ठूलो छातिका साथ धैर्य र परिपक्वता देखाउनुपर्ने आवश्यकतामा सभासद्हरुले जोड दिएका छन् ।

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि बुधवार संविधानसभामा भएको छलफलमा सभासद्ले सङ्घीय प्रदेशको सीमा निर्धारण व्यावहारिक नदेखिएकाले त्यसमा केही हदसम्म सुधार र परिमार्जनको खाँचो रहेको बताउनुभयो ।

जनआन्दोलनका उपलब्धिका रुपमा सङ्घीयता, गणतन्त्र, समानुपातिक र समावेशी प्रतिनिधित्व, सामाजिक न्यायजस्ता विषयवस्तुलाई लिन सकिने भएपनि सीमा निर्धारणलगायत विषयमा मस्यौदाले सबैको भावनालाई समेट्न नसकेका कारण चौतर्फीरुपमा आन्दोलनका स्वर गुन्जिएको उहाँहरुको टिप्पणी थियो ।

विगतमा आदिवासी जनजातिलगायतका समुदायले गरेका आन्दोलनमा भएका सहमति र अन्तरिम संविधानमा उल्लेख भएका विषयलाई समेत मस्यौदाले आत्मसात् गर्न नसकेको गुनासो गर्दै उहाँहरुले राज्यले धान्नै नसकिने गरी मौलिक अधिकारसम्बन्धी प्रावधान राखिनुको अर्थ नरहेको धारणा व्यक्त गर्नुभयो ।

कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई मानवता विरोधी बर्बर घटनाको संज्ञा दिँदै उहाँहरुले १६ बुँदे सहमतिबाट विचलित हुँदाको परिणतिका रुपमा अहिलेको अवस्था उत्पन्न भएको हो भन्नुभयो ।

राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न तीनदेखि पाँच प्रतिशतसम्म मत प्रतिशत कायम गरिनुपर्ने, जनजाति आयोगको गठन गरिने व्यवस्था हुनुपर्ने, संविधान जारी गर्ने मार्गमा आइपर्ने सबैखालका बाधा व्यवधानलाई चिरेर छिटो नयाँ संविधान जारी गर्नुपर्नेमा सभासद््हरुको जोड रह्यो ।

मस्यौदाले गतिशीलतालाई आत्मसात् गरेकाले जनमतअनुसार समयानुकूल परिमार्जन गर्न सकिने बताउँदै केही सभासद््ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइसकिएकाले त्यसबाट अब यताउता गर्ने काम गर्न नहुने बताउनुभयो । केही सभासद््ले भने धार्मिक स्वतन्त्रताको पक्षमा मत जाहेर गर्दै संविधान बनाउने कर्तव्यबाट कोही पनि च्यूत हुन नहुने भनाइ प्रस्तुत गर्नुभयो ।

छलफलमा सभासद् शेरधन राई, राजन भट्टराई, काशीनाथ अधिकारी, कृष्णभक्त पोखरेल, रामहरि सुवेदी, सकलदेव सुतिहार, डा शेखर कोइराला, रामचन्द्र पोखरेल, प्रकाश पौडेल, मीनबहादुर विश्वकर्मा, आनन्द पोखरेल, रञ्जुकुमारी झा, रामनाराण विंडारी र भरतबहादुर खड्काले भाग लिनुभएको थियो ।

त्यसैगरी सभासद् अफिलाल ओखेडा, डा चन्द्रमोहन यादव, मानबहादुर विश्वकर्मा, हृदयराम थानी, आनन्दप्रसाद ढुङ्गाना, सुशीला नेपाल, लालबाबुप्रसाद यादव, जीवन परियार, दलजित विके श्रीपाली, सुवर्ण ज्वारचन, प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, जनकराज जोशी, श्रीमाया थकाली, शम्भुलाल श्रेष्ठ, राजाराम स्याङ्तान, गणेश पहाडी, कर्णबहादुर थापा, भीम रावल, शीतल झा, सन्तकुमार थारु, सरस्वती बजिमयले पनि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको आजको छलफलमा भाग लिनुभएको थियो । विधेयकमाथिको छलफल जारी नै छ । संविधानसभाको अर्को बैठक विहीबार भदौ १० गते बिहीबार बिहान ८ः०० बजे बस्ने छ । रासस