३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

टीकापुर घटनाका घाइते हवल्दार नेगीको निधन, मृतको संख्या नौ पुग्यो

टीकापुर घटनाका घाइते हवल्दार नेगीको निधन, मृतको संख्या नौ पुग्यो
अ+ अ-

काठमाडौँ, भदौ १० । गत सोमबार टीकापुर घटनामा घाइते भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । यससंगै टिकापुर घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा विहीवार राति २ बजे निधन भएको प्रहरीका प्रवक्ता कमलसिंह बमले जानकारी दिए । सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत उनी सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका थिए । कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर विहीवार उनको गृह जिल्ला पठाइने प्रहरीले जनाएको छ ।

यसअघि टीकापुरमा सीमाङ्कनको विषयलाई लिएर आन्दोलनकारीले निषेधाज्ञा तोडी अघि बढ्दा भएको झडपमा परी सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।