४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

मत्स्यपालन व्यवसायतर्फ किसान

मत्स्यपालन व्यवसायतर्फ किसान
अ+ अ-

रामपुर पाल्पा, भदौ १० । जिल्लाका किसान यतिखेर व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित भएका छन् ।

परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गर्न लागेपछि उनीहरु मत्स्यपालनतर्फ आकर्षित भएका हुन् ।
हावापानी, भौगोलिक भूवनोटका दृष्टिकोणबाट पहाडी जिल्ला भए पनि किसानले घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका छन् । किसानलाई व्यावसायिक सफलता गराउने उद्देश्यले आव २०७०-७१ देखि जिल्ला कृषि विकास कार्यालयले मत्स्यपालन कार्यक्रममार्फत सहयोग गरेपछि उनीहरुको थप आकर्षण बढेको हो ।

जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक तथा अन्य सामग्रीमा सहयोग गर्न लागेपछि अर्गली, बन्दीपोखरा, रामपुर, हुँगी, कसेनी, दोभान, सोमादी क्षेत्रमा किसानले व्यावसायिक रुपमा मत्स्यपालन गर्न लागेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए ।

अन्य पेसा तथा व्यवसायका तुलनामा मत्स्यपालनबाट यथेष्ट आम्दानी गर्न सफल भएको र उत्पादित वस्तु बिक्री गर्न बजारको समस्या नभएकाले आकर्षण बढेको दोभानका किसान सन्तोष शाक्यले बताए । । दोभान गाविसका १० जना किसानले व्यावसायिक रुपमा माछापालन गरेका छन् ।

यहाँका किसानले सिल्भर, विगहेड, कमन, रहु जातको माछापालन गरेका छन् । सिमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमिनमा किसानले माछापालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।
कृषि विकास कार्यालयले मत्स्यपालन व्यवसायका लागि माछा पोखरीमा प्रयोग हुने चुन र माछालाई आवश्यक पर्ने प्रोटिनयुक्त दाना निःशुल्क रुपमा किसानलाई उपलब्ध गराएको छ । पानीमा अक्सिजन दिने मेसिनको खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि प्रसार अधिकृत वैकुण्ठ खनालले बताए ।
विगत दुई वर्षदेखि व्यावसायिक रुपमा मत्स्यपालन गर्नुभएका बौघागुम्बाका किसान टङ्कनाथ घिमिरेले तीन रोपनी क्षेत्रफलमा चारवटा पोखरी निर्माण गरी माछापालन गर्दा गत वर्ष साढे सात क्विन्टल माछा बिक्रीबाट रु दुई लाख आम्दानी गर्न सफल भएका छन् ।मत्स्यपालनका लागि किसानमा यससम्बन्धी ज्ञान नभएका कारण अन्य पेसा तथा व्यवसाय जस्तो फस्टाउन नसकेको उनीहरुको भनाइ छ । रासस