१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्यपालन व्यवसायतर्फ किसान



अ+ अ-

रामपुर पाल्पा, भदौ १० । जिल्लाका किसान यतिखेर व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित भएका छन् ।

परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गर्न लागेपछि उनीहरु मत्स्यपालनतर्फ आकर्षित भएका हुन् ।
हावापानी, भौगोलिक भूवनोटका दृष्टिकोणबाट पहाडी जिल्ला भए पनि किसानले घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका छन् । किसानलाई व्यावसायिक सफलता गराउने उद्देश्यले आव २०७०-७१ देखि जिल्ला कृषि विकास कार्यालयले मत्स्यपालन कार्यक्रममार्फत सहयोग गरेपछि उनीहरुको थप आकर्षण बढेको हो ।

जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक तथा अन्य सामग्रीमा सहयोग गर्न लागेपछि अर्गली, बन्दीपोखरा, रामपुर, हुँगी, कसेनी, दोभान, सोमादी क्षेत्रमा किसानले व्यावसायिक रुपमा मत्स्यपालन गर्न लागेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए ।

अन्य पेसा तथा व्यवसायका तुलनामा मत्स्यपालनबाट यथेष्ट आम्दानी गर्न सफल भएको र उत्पादित वस्तु बिक्री गर्न बजारको समस्या नभएकाले आकर्षण बढेको दोभानका किसान सन्तोष शाक्यले बताए । । दोभान गाविसका १० जना किसानले व्यावसायिक रुपमा माछापालन गरेका छन् ।

यहाँका किसानले सिल्भर, विगहेड, कमन, रहु जातको माछापालन गरेका छन् । सिमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमिनमा किसानले माछापालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।
कृषि विकास कार्यालयले मत्स्यपालन व्यवसायका लागि माछा पोखरीमा प्रयोग हुने चुन र माछालाई आवश्यक पर्ने प्रोटिनयुक्त दाना निःशुल्क रुपमा किसानलाई उपलब्ध गराएको छ । पानीमा अक्सिजन दिने मेसिनको खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि प्रसार अधिकृत वैकुण्ठ खनालले बताए ।
विगत दुई वर्षदेखि व्यावसायिक रुपमा मत्स्यपालन गर्नुभएका बौघागुम्बाका किसान टङ्कनाथ घिमिरेले तीन रोपनी क्षेत्रफलमा चारवटा पोखरी निर्माण गरी माछापालन गर्दा गत वर्ष साढे सात क्विन्टल माछा बिक्रीबाट रु दुई लाख आम्दानी गर्न सफल भएका छन् ।मत्स्यपालनका लागि किसानमा यससम्बन्धी ज्ञान नभएका कारण अन्य पेसा तथा व्यवसाय जस्तो फस्टाउन नसकेको उनीहरुको भनाइ छ । रासस