• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु ★   बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी ★   इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ ★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु

गएरातिको पहिरोमा परी पाँचको मृत्यु भएको पुष्टि



नुवाकोट, ११ भदौ । नुवाकोटको गोस्र्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पाँचको मृत्यु भएको पुष्टि गरे पनि सनाखत हुन नसकेको जनाएको छ । स्थानीयवासीले दिएको जानकारीअनुसार पाँचको शव पुरिएको अवस्थामा देखिएको छ । बिहान सबेरै प्रहरी घटनास्थलमा पुगे पनि उद्धारमा कठिनाइ भएको छ । पहिरोबाट छजनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको र घटनास्थल पुग्न अब चार घन्टा लाग्ने उहाँले बताउनुभयो । स्थानीयवासी राजाराम अधिकारीका अनुसार पहिरोमा अझै मानिस जीवितै रहेको अनुमान गरिएको छ । भौतिक क्षतिको अझै अनुमान गर्न सकिएको छैन । पहिरो बगिरहेकाले उद्धारमा कठिनाइ भएको र मृत्यु हुनेको शव निकाल्ने प्रयास भइरहेको छ ।
यसैबीच नुवाकोटको सामरी–७ मा पनि पहिरो गएको छ । घर बगाएको जानकारीपछि प्रहरी घटनास्थलतर्फ हिँडे पनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस