२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

कस्तुरी मृगले बासस्थान छोडे

कस्तुरी मृगले बासस्थान छोडे
अ अ+ अ-

बेनी (म्याग्दी), ११ भदौ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो बासस्थान छोडेर अन्यत्र जान थालेका छन् ।

धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्त मात्रामा कस्तुरी मृगको बासस्थान रहने गरेको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जादाँ अनुकूल वातावरण र बासस्थान तथा आहारको अभाव हुन थालेपछि चिसो र एकान्त वातावरणमा मन पराउने भएकाले पनि कस्तुरी मृगले बासस्थान छोडेर जान थालेको वन्यजन्तु तथा वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।
विश्वमै दुर्लभ मानिने ती मृग म्याग्दीबाट ढोरपाटन सिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न थालेको स्थानीयवासी बताउँछन् । मुदीको जङ्गलमा विगतमा देखिएका वन्यजन्तु अहिले आएर धवलागिरि आधार शिविर वरपर देखिन थालेका गुर्जाका समाजसेवी कमल छन्त्यालले जानकारी दिनुभयो ।
यसैगरी गुर्जा, लुलाङ, मुना, मुदी, कुइनेमङ्गले, चिमखोला र दानाका जङ्गलमा केही वर्षअघि सम्म देखिने कस्तुरी मृगका अतिरिक्त झारल, मृग र घोरल पनि सो वन छोडेर अन्यत्र गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला वन कार्यालय म्याग्दीका अनुसार दुई वर्षअघि मानव बस्तीनजिकै आउने वन्यजन्तु अहिले देख्न हिमाली क्षेत्रमा पुग्नुपर्ने भएको छ । अनुकूल वातावरणको अभावमा उचित बासस्थान र आहारको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले उच्च पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वन्यजन्तुविद् सापकोटाले बताउनुभयो । रासस