• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छः प्रचण्ड (भिडियो सहित)



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । 

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो । नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उहाँले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताउनुभयो । 

उहाँले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालमा जतिपनि पार्टीहरु छन् । सबै शिक्षकहरुकै योगदानका कारण ती पार्टीहरु छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरुलाई जनताको विचमा लैजाने शिक्षकहरु नै हुन् । अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन । 

त्यसकारण म त के भन्छु भने शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ । लागेर मात्रै हामी सामाजिक र राजनीतिक रुपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ । अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ । बनाउनुपर्छ । तपाईँहरु दुविधामा नरहनु होला ।’

अध्यक्ष दाहालले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताउनुभयो । शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ । तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारणपनि त्यही हो । नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईहरु पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको । तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहीँ नबुझ्नु होला ।’

अध्यक्ष दाहालले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दावी गर्नुभयो । उहाँले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले मधेशमा पनि फेरी एकचोटी माओवादीको पक्षमा जनतामा एउटा लहर आउन खोज्दैछ । बुद्धिजिवीमा लहर आउन खोज्दैछ । थुप्रै गज्याङमज्याङ छ पार्टी भित्र तर पनि जनता चाहीँ क्लियर छन् । 

जनता अब नेतृत्वको बारेमा पनि क्लियर छन् । लाइनमा पनि क्लियर छन् । महन्थ र राजेन्द्र महतोलाई धन्यवाद भनेको छु । तपाईहरु केपी ओलीको अगाडी आत्मसर्मपण गरेर माओवादीलाई धेरै ठुलो गुन लगाउनुभयो । धेरै ठुलो सहयोग गरिदिनुभयो । किनकी नेपालमा संघीयताविरोधी, मधेसी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले चाही बुझ्यो । नेताहरुले उसैको अगाडी आत्मसर्मपण गर्देर जनतालाई अझ छ्याङ्ग हुन मद्दत गर्यो । 

अहिले जसरी मधेशको एउटा कन्फ्युजन, भ्रम थियो । मधेशको असली मशिहा, मधेशका मुक्तिदाता मधेशी नै हुन् भन्या जस्तोगरी आएका थिए नि राजेन्द्रहरु । अब त थाहा भइसक्यो नि । मधेशका मजदुर, किसान, शिक्षक, बुद्धिजिवी आम जनतालाई ठग्ने मधेशी दलालहरु नै हुन् । पहाडियाहरुलाई ठग्ने पहाडिया दलालहरु नै हुन् । मधेश र पहाड एक भएर दलालका विरुद्ध संघर्ष गरियो भने मधेशका जनताको पनि, पहाडका जनताको पनि मुक्ति सम्भव छ ।’

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताउनुभयो ।