• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने ★   कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल ★   माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता ★   गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’ ★   मलङ्गवामा निषेधाज्ञा राति मात्र ★   बालेन वार्ताका लागि आउनुभएको होइन– अभियन्ता ईः ★   १९औँ एसियाली खेलकुद: तेक्वान्दोमा नेपालको खराब सुरुआत ★   अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन ★   राहत शिक्षकका प्रतिनिधिले पनि सहमति गर्नुभएको हो : कार्यवाहक प्रधानमन्त्री

एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन



काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने आयोगका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो । 

उहाँले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।

आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिनुभयो । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कूल २५५ पदका लागि  निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
 
उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उहाँका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उहाँले बताउनुभयो । उहाँले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताउनुभयो । निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।

महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशनस्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ । दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताउनुभयो । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मतपरिणाम घोषणा गर्ने बताउनुभयो ।