१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न
अ अ+ अ-

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन्।

कोरोना महामारीको कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो। यद्यपी, कार्यक्रम स्थलमा कोरोना संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो। त्यस्तै, सीमित व्यक्तिहरुलाई मात्रै कार्यक्रमस्थलमा निम्तो गरिएको थियो भने कार्यक्रममा उपस्थित हुन नसक्नेहरुको लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो।

सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा बिभाजन गरिएको थियो। बिजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दिक्षित गरिएको थियो। समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरि जम्मा ४१९ जना विद्यार्थीहरु दिक्षित भएका हुन्।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए। 

त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तब्य राख्दै दिक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए। कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए।

सोही कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाई दिए । ‘कोरोनाभाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन्। कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरुले डिस्टिङ्सन ल्याएका छन्।’ कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन्। मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरु सफल हुनेछन्। तपाईहरुको उज्वल भविष्यको कामना पनि गर्दछु।