• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

टीकापुर घटनामा मारिएका प्रहरीका परिवारलाई जनही १० लाख



काठमाडौँ, भदौ १८ । गत भदौ ७ गते टीकापुर घटनामा निधन भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपौयाँ दिने निर्णय भएको छ ।

फोटो: नेपाल प्रहरी ।

उक्त घटनामा ज्यान गुमाएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्धय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हबल्दारद्धय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका परिवारलाई नेपाल प्रहरी राहत कोषबाट राहत प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै, निधन भएका प्रहरीका सन्ततिलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने, घाइते प्रहरीको निःशुल्क उपचार गरिने तथा आयआर्जनका लागि सहयोगी कार्यक्रम सन्चालन गरिने जनाइएको छ ।