२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु

आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु
अ अ+ अ-

बर्दिया, भदौ १८ । राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु-याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो । प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पु-याउँदै गरेका बसमा आन्दोलनकारीले अवरोध पु-याएपछि झडप भएको हो ।
झडप हुँदा प्रहरीले केही सेल अश्रुग्याससहित पाँच राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । थरुहट संयुक्त सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाको आह्वानमा २५ दिनदेखि जिल्ला ठप्प छ ।
झडपका क्रममा घाइते हवल्दार पाण्डेको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुँवरले जानकारी दिनुभयो । रासस