• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चतकालीन पूर्व बन्द



पाँचथर, भदौ १८ । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बूवान पार्टी नेपालले शुक्रबारदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।

यसैबीच, विद्यार्थीको भविष्य वर्वाद हुने भन्दै शिक्षण संस्था भने बन्द नगर्ने सो पार्टीले निकालेको विज्ञप्तिमार्फत जनाइएको छ । मोटरसाइकल, दूधको गाडी, शवबाहन, प्रेसका गाडी भने सञ्चालन हुन दिने सो पार्टीले जनाएको छ ।

सवारीसाधन निषेधित क्षेत्रमा झापाका पत्रकार कृष्ण हुमागाईंले मोटरसाइकल चलाएको भन्दै आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको बिना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको पार्टीका महासचिव सूर्य माखिमले जानकारी दिए ।

प्रस्तावित सात वटा प्रदेशमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त प्रदेश राखिनुपर्ने माग गर्दै संघीय लिम्बूवान पार्टी नेपाल आन्दोलित छ । रासस