३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

चार दल बैठक

चार दल बैठक
अ+ अ-

काठमाडौँ, भदौ १८ । प्रमुख चार दलका शीर्ष नेताबीच नेपालको संविधानको परिमार्जित विधेयक २०७२ मा के–कस्तो संशोधन राख्ने र कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको शीर्ष नेताको बैठकमा परिमार्जित विधेयकको मस्यौदामा देखिएको भाषागत त्रुटी र नमिलेका प्रसङ्गलाई हटाउनुपर्ने आवश्यकताका बारेमा कार्यदलका सदस्यले जानकारी गराउनुभएको थियो ।

प्रमुख चार दलका तर्फबाट परिमार्जित विधेयकको मस्यौदामाथि सकेसम्म साझा प्रस्ताव तयार गरेर संशोधन हाल्ने गृहकार्य भइरहेको छ । त्यसका लागि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल, एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जीतेन्द्रनारायण देव रहेको कार्यदललाई जिम्मेवारी दिइएको छ ।

बैठकपछि नेपाली काँग्रेसका उपसभापति पौडेलले कार्यदलले परिमार्जित विधेयकमा नमिलेका भाषालाई मिलाउने काम गरेको जानकारी दिनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मस्यौदा विधेयकमाथि संशोधन के केमा राख्न सकिन्छ तथा त्यसलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा शीर्ष नेताबीच छलफल भएको बताउनु भयो ।

‘‘सबै पक्षबाट चासोका साथ हेरिएको तथा बहसमा रहेका सङ्घीय प्रदेशको सीमाङ्कन, धर्मलगायतका विषयमा भोलि छलफल गरेर टुङ्ग्याउने कुरा भएको छ’’– उहाँले भन्नुभयो ।

एनेकपा ९माओवादी०का महासचिव कृष्णबहादुर महराले कार्यदलले विवादित मूल विषयमा प्रवेश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो–“नागरिकता, सेना परिचालन, संरक्षित क्षेत्रसँग सम्बन्धित मस्यौदामा देखिएका भाषागत त्रुटीलाई सच्याउने काम भएको छ, मूल विवादित विषयमा प्रवेश गरेका छैनौ ।”

संविधानको विधेयकको मस्यौदामाथि संशोधन हाल्न संविधानसभाले राजनीतिक दललाई भोलिसम्मको समयसीमा तोकेको छ । संविधानसभाको निर्देशनअनुसार प्रमुख राजनीतिक दलको भोलि बिहान बस्ने बैठकले संशोधनसम्बन्धी विषयलाई टुङग्याउने बताइएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतका प्रमुख चार राजनीतिक दलका नेता एवम् संसदीय दलका प्रमुख सचेतकहरू सहभागी हुनुहुन्थ्यो । रासस