२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा विद्युतीय शवदहन सुरु



अ+ अ-
फाइल फोटो

काठमाडौं, भदौ १९  । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदहनगृहमा वेवारिसे शव जलाएर परीक्षण सुरु गरेको छ । परीक्षणबाट शवदहनगृह सफल देखिएको कोषले जनाएको छ ।

त्यसक्रममा बिहीबार एक वेवारिसे शवको दहन गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीले गत ४ साउनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाएको वेवारिसे शव परीक्षणस्वरुप दाहसंस्कार गरिएको हो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

गृहमा जडान गरिएको यन्त्रमा बिहीबार बेलुकी र अर्को यन्त्रमा शुक्रबार शवदहन गरिएको छ । पहिलो र दोस्रो शवदहन परीक्षणबाट विद्युतीय शवदहन प्रक्रिया वातावरण मैत्री पाइएको शवदहन कार्यमा संलग्न कोषका विद्युतीय प्राविधिक नरबहादुर पुरीले बताए ।

शवदहगृहलाई असोज एकदेखि नियमित सञ्चालनमा ल्याइने छ ।