२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा



अ+ अ-

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक/एक गोल गरे । जितपछि निमित्त प्रशिक्षक माइकल क्यारिकले यो सफलतालाई सोल्सारप्रति नै समर्पित गरे । युनाइटेडले प्रिमियर लिगमा लगातार हार व्यहोरेपछि सोल्सारलाई टिमको मुख्य प्रशिक्षकबाट बर्खास्त गरिएको थियो ।

यसैगरी, अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले युभेन्ट्सलाई ४–० ले हरायो । यस्तै बायर्न म्युनिखले डायनामो किभलाई २–१, लिलले साल्सबर्गलाई २–१ र सेभियाले उल्भ्सबर्गलाई २–० हरायो । यस्तै बार्सिलोना र बेनफिकाबीचको खेल गोलरहित बराबरी समाप्त भयो । योङ ब्वाइज र एटलान्टाबीचको खेल पनि ३–३ को बराबरीमा टुंगियो ।