३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले थप बाह्र हजार शरणार्थीलाई शरण दिने



अ+ अ-

क्यानबेरा, भदौ २३ । अष्ट्रेलियाले बुधबार युद्धग्रस्त देश सिरिया र इराकका १२ हजार शरणार्थीको लागि शरण दिने घोषणा गरेको छ ।

यति ठूलो सङ्ख्याका थप शरणार्थीलार्ई शरण दिने अष्ट्रेलियाको यो घोषणा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ ।

सत्ता गठबन्धन पार्टीसँग भएको बैठकपछि प्रधानमन्त्री टोनी एबोटले अष्टे«लियाले सो घोषणा गरेको बताउनु भएको जनाइएको छ ।

अष्टे«लियाले सिरिया र इराकमा जारी द्वन्द्वका कारण शरणार्थी बन्न पुगेका थप १२ हजार शरणार्थीलाई शरण दिने बुधबार भएको एक पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको बताइएको छ ।

हिंसा, मध्यपूर्वी देशको आन्तरिक समस्या लगायतका विभिन्न कारणबाट लाखौँ लाख नागरिकले युरोपमा शरणार्थीको रुपमा प्रवेश गरिरहेका छन् ।

आप्रवासीले युरोपतर्फ जाने आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ । रासस/सिन्ह्वा