• १२ मंसिर २०७९, सोमबार
  •      Mon Nov 28 2022
Logo
Latest
★   थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा उजुरी ★   सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन ★   सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न ★   सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित ★   सुनसरी ४ को अवरुद्ध मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी ★   ४ हजार सात सय बढीले भगबती चौधरीको अग्रता ★   जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँः उपाध्यक्ष नेम्वाङ ★   हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा नलिई हामी फर्किदैनौँः एसपी पाण्डे ★   रोमाञ्चक खेलमा क्यामरुन र सर्बियाको बराबरी ★   पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरुङमा

भारतमा बालमृत्युदर संसारमै बढी



नयाँ दिल्ली, भदौ २३ । भारतमा संसारकै सबैभन्दा बढी बालमृत्युदर रहेको पाइएको छ । युनिसेफले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले सो अवस्था देखाएको हो ।

सन् २०१५ मा मात्र भारतमा करिब १५ लाख बालबालिकाको ज्यान गएको सार्वजनिक गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

यो सङ्ख्या विश्वको बालमृत्युदरको करिब २० प्रतिशत नै हो– सो प्रतिवेदनमा भनिएको छ । पाँच वर्षमुनिका बालबालिकामध्ये भारतमा प्रति मिनेट करिब एकजनाको ज्यान जाने गरेको छ ।
विश्वव्यापी तथ्याङ्क हेर्दा सो प्रतिवेदनमा यस वर्ष विश्वका ५९ लाख बालबालिकाको मृत्यु भएको जनाइएको छ । कुपोषण, निमोनिय र झाडा, पखाला नै बालमृत्युको एक प्रमुख कारण हो । रासस/सिन्ह्वा