• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ

एप्पलको आइफोन–६ एस र आइफोन–६ एस प्लस सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं, भदौ २४ । एप्पलले ‘आइफोन–६ एस’ र ‘आइफोन–६ एस प्लस’ लन्ज गरेको छ ।

कम्पनीले अमेरिकाको सन फ्रान्सिस्कोमा एक विशेष कार्यक्रम गरी यी दुईसँगै १२.९ इन्चको आइप्याड ‘प्रो’ र एप्पल टीभी पनि सार्वजनिक गरेको हो ।

आइफोन–६ एस र आइफोन–६ एस प्लसमा ‘थ्रीडी टच’ नामक फिचर छ । जसले स्क्रिनमा कति दबाब पारिएको छ भन्ने जानकारी दिन्छ ।

यसको मुख्य क्यामेरा १२ मेगापिक्सल र फ्रन्ट क्यामेरा ५ मिगापिक्सलको रहेको छ ।

आइफोन–६ एसमा ४ हजार भिडियो रेकर्ड गर्न सकिन्छ । ६ एसको डिस्प्ले ४.७ इन्च र ६ एस प्लसको डिस्प्ले ५.५ इन्च छ ।

कम्पनीले चार रंग सिल्भर, गोल्ड, स्पेस ग्रे र रोज गोल्डको आइफोन बजारमा ल्याएको छ । यसको मूल्यको बारेमा भने आधिकारीक जानकारी दिइएको छैन ।

ठूलो आइप्याड पनि सार्वजनिक
एप्पलले ल्याएको आइप्याड ‘प्रो’को डिसप्ले १२.९ इन्चको रहेको छ, जुन उसको पछिल्लो सबै मोडलको भन्दा ठूलो हो ।

कम्पनीका अनुसार यो नोभेम्बरबाट बजारमा आउने छ । यो एक पटक चार्ज गरेपछि १० घन्टा ब्याकअप दिन्छ । यसको तौल ७१२ ग्राम रहेको छ ।

एप्पलको टीभी पनि आयो
एप्पलको टीभीमा एप्स पनि हुनेछ । यसको आफ्नै ऐप स्टोर र अपरेटिङ सिस्टम पनि हुनेछ ।

यसलाई चलाउन कम्पनीले एक विशेष किसिमको रिमोट बनाएको छ, जुन ‘टस सेन्सेटिभ’ हुनेछ र जसमा माइक्रोफोन पनि हुनेछ, जसले तपाइँको आवाजबाट पनि टीभीले काम गर्नेछ ।

आइफोनमा रहेको ‘सीरी’ नामक ‘भर्चुअल असिस्टेन्ट’ यस टीभीमा राखिएको छ । जसले तपाइँको इच्छाअनुसार फिल्म, टेलिश्रृंखला र भिडियो गेम चलाउँछ ।