१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’

वर्तमान अवस्थामा महिला र हाम्रो जिम्मेवारी

वर्तमान अवस्थामा महिला र हाम्रो जिम्मेवारी
अ अ+ अ-

मतदानको अधिकार,समान ज्याला र श्रम गर्ने समयको अधिकारको माग गरि शुरु भएको महिला आन्दोलनको एक शताब्दी र एक दशक वितेको छ । आज सम्म आईपुग्दा हाम्रो देशका महिलाहरुको अवस्था कहाँ पुगेको छ ? समग्र महिलाहरुको गतिशिलताको आयाम कस्तो छ ? अझ देशका श्रमिक महिलाको अवस्था के छ ? के साच्चै परिवर्तन भएकै छ त ? हामी सबैले एक पटक सोच्ने बेला आएको छ । महिलाको स्वास्थ्य,शिक्षा, आय आर्जन, आर्थिक अवस्था, सामाजिक जीवन, राजनीतिक क्षेत्रमा सरकार, विभिन्न संघ संस्थाहरु, मानव अधिकार, नागरिक समाज, राजनीति दलहरुले के कस्तो भुमिका खेलेका छन र त्यसको परिणाम के के प्राप्त भएका छन एक पटक समिक्षा गर्ने बेला आएको छ । आज सम्म जसले जे भोग्यौ त्यसबाट सकारात्मक पाठ सिक्दै आगामी पुस्तालाई राम्रा अभ्यासहरु हस्तान्तरण गर्नू अपरिहार्य छ । 

हाम्रा सन्तानहरुलाई हामीले के के विषयहरु, अनुभवहरु, आनीबानी व्यवहारहरु कसरी सिकाउछौ त्यो नै सामाजीकीकरण हो । छोराछोरीलाई जे जसरी हामीले सिकाउछौ त्यो सिप र  त्यो सिकाईले नै उनिहरुको भविष्यलाई निर्देशित गर्दछ । महिलालाई अगाडी बढ्नका लागि यहि समाज, संस्कृति, परम्परा नै धेरै बाधकको रुपमा रहेको देखिन्छ । ईतिहासमा कुनै कालखण्डमा मातृसत्तात्मक सत्ता थियो भने कुनै समय पितृसत्तात्क समाज थियो । ढुङ्गे युगबाट, कृषि युग हुदै आज उत्तर आधुनिक युगमा विश्व अघि बढी रहेको परिवेसमा अझै हाम्रो समाजमा धेरै जसो महिलाहरु चुलो चौका र मेलापातमा मात्र सिमित हुन परेको तितो यथार्थलाई सबैले स्वीकार गर्नु नै पर्दछ ।

महिला देवी हुन् सृष्टीकर्ता हुन् धरती हुन्,आमा हुन भन्दै मिठो बोलेर बाहिरी आवरणमा सम्मान गरे झै गर्ने हाम्रो समाजमा तिनै महिलाई बाल बिवाह गर्ने, छोरीलाई हेय दृष्टिकोणले हेर्ने ,नारी कमजोर हुन्छन, कोमल हुन्छन भनेर गित गाउन पनि छोडेको छैन । हक,अधिकार र अवसरमा बञ्चितिकरण गरेको पत्तो महिलाले चाल पाएर पनि उहाँहरुको आवाज बुलन्द हुन सकेको छैन ।

गरिबी, अशिक्षा, संचेतनाको कमी जस्ता तत्वहरुले नै महिलाहरुलाई पछि पारिरहेको छ भने अर्को तर्फ लैङ्गिक विभेद, विभिन्न किशिमका हिंसाहरु, धर्म, संस्कृतिको आडमा गरिने भेदभाव, कुरिती, कुसंस्कार, दाईजो प्रथाले समाज नराम्रोसंग गिजोलिएको छ । 

क्षमताको कुनै लिङ्ग हुदैन । आज यहाँ सम्म आई पुग्दा हाम्रो समाज परिवर्तनको संघारमा रहेको देखिन्छ आर्थिक वर्ष २०७४÷२०७५ एक तथ्याङ्क अनुसार लोक सेवा अयोगमा करिब २ लाख ३२ हजार जना महिलाहरु  (५२ प्रतिशत) ले आयोगको परिक्षामा सामेल हुन आवदेन दिएको पाईन्छ यसले महिलाहरुको सरकारी सेवामा प्रवेश गर्न ईच्छुक देखिन्छ । यसबाट पनि के थाहा हुुन्छ भने अहिलेको पुस्तामा महिला शिक्षाको संख्यामा उल्लेखनिय वृद्धि भने भएको छ ।

संविधानमै उल्लेख गरेर विभिन्न निर्वाचनहरुमा मार्फत आज धेरै महिलाहरुले जनप्रतिनिधिको हैसियतमा कार्य गरेर आफुलाई हामी सक्षम र्छौ भन्ने तथ्यलार्य प्रमाणित गर्नु भएको छ । पहिलो कार्याकालमै धेरै सफलता त्यो पनि पुरुषको नेतृत्व रहेको अवस्थामा हासिल गर्नुलाई ठुलो उपलब्धीको रुपमा लिनु पर्दछ । 

महिलालाई सशक्तिकरण गर्नका लागि सिलाई बुनाई तालिम,ब्युटी पार्लर तालिम, गुडीया बनाउने तालिम जस्ता विषयमा मात्र सिमित भएको प्रायः देखिन्छ र आज भोली यो व्यापक हुदैछ । यस्ता विषयहरु आवश्यक नभएका भने होईनन तर सबैले यसै क्षेत्र अंगालेर परिवर्तन आउन र ल्याउन भने कठिन छ । व्यवसायिक ज्ञान र सिप आवश्यक छ तर महिलाले कुनै उद्यम गर्छु भन्दा लगानी कसले गरिदिने ? घर परिवारको सहयोग बिना कुनै महिला खुलेर कुनै क्षेत्रमा प्रवेश गरेर स्थापति हुन धेरै चुनौतीहरुको सामना गर्नु पर्ने अवस्था छ ।

प्राय: के सुनिन्छ भने महिलाको बिरोध महिलाले नै गर्ने गर्दछन भनेर  मुल विषय विषयान्तर भएको धेरै उदाहरणहरु छन प्राय यस्तो सामाजिकीकरण को कारणले गर्दा हुने गर्दछ । पछिल्लो पुस्ताले गरको कृयाकलापहरु अघिल्लो पिढीलाई मन नपर्नु स्वभाविक नै हो तर यसै विषयलाई विवादमा लगेर पारिवारिक सम्बन्धलाई धमिलो बनाउनु कदापी हुदैन । बढ्दो शहरीकरण, बजारिकरण र पुँजीबादको प्रभाव, अहिलेको बढ्दो सामाजिक संञ्जालको प्रयोगबाट ज्ञान भन्दा धेरै सुचना लिने प्रचलन आदि जस्ता विषयहरुले घर घरमा प्रवेश पाएको छ । परम्परागत अभ्यासहरु सबैलाई नकारात्मक रुपमा लिएर एउटै डालोमा रोखेर पहिले र अहिलेको तुलना गर्नु त्यती सान्दर्भिक  भने हुदैन । परम्परा, धर्म संस्कृतिको नाउँमा विभेद गर्नु हुदैन । कतिपय विज्ञानले, तथ्यले प्रमाणित गरेका विषयहरुलाई तर्क र विवाद गरेर समस्याको समाधान हुदैन । 

समय समयमा भएका र गरिएका राजनैतिक आन्दोलन, अभियान, वहस पैरवीले महिलाहरुलाई वर्तमान अवस्था सम्म आई पुग्दा धेरै हक, अधिकार, न्याय दिन सफल भएको छ तर नीति नियम, ऐन कानुन निमार्ण भएर मात्र पुर्ण हुदैनन त्यसको पुर्ण रुपमा कार्यान्वयन हुनु नै अहिलेको महत्वपुर्ण विषय र क्षेत्र नै हो र मुल क्रियाकलापहरु, गतिविधिहरु, योजनाहरु पुर्ण रुपमा हाल सम्म निमार्ण भएका ऐन कानुनहरुबारेमा संचेतना गराउनु जरुरी छ भने अर्को तर्फ महिलाहरुलाई क्षमता विकास, आर्थिक उर्पाजन र सशक्तिकरण सम्बन्धि विभिन्न गतिविधिहरु संचालन गर्नु अपरिहार्य छ ।

कुनै पनि व्यक्ति विशेष, जाती, वर्ग,क्षेत्र, लिङ्गलाई समावेसीकरण गर्न मुल ४ वटा विषयहरुको मुख्य भुमिका रहेको हुन्छ । महिालाहरुलाई केन्द्रित गरेर कार्यक्रमहरु,योजनाहरु तय गर्ने हो भने समावसीताका यि आयमहरुलाई हामीले अपरिहार्य रुपमा समेटनु पर्ने हुन्छ ।

क. मर्यादा
ख. पहुँच
ग. सहभागिता
घ. सुरक्षा

जुनसुकै परिवेश अवस्थामा मान्छेले मान्छेलाई मर्यादा गर्नु, सम्मान गर्नु पर्दछ । सम्मानजनक उपस्थिति सबैलाई मान्य हुन्छ । व्यवहारमा दोश्रो दर्जाको रुपमा राखेर मुखले चिप्लो बोल्नुलाई सम्मानजनक उपस्थिति मानिदैन । अर्को मुल विषय भनेको पहुँच रहेको छ, योजना निमार्ण देखि कार्यान्वयन तह सम्म सबैको समान पहुँच हुनु जरुरी छ । शिक्षा, स्वास्थ्य,जिविकोपार्जन, आर्थिक, राजनैतिक क्षेत्रहरुमा दुर दराजमा रहेका,पिछडीएको क्षेत्र, दलित, जनजाती, अपाङ्गता भएका, हिंसामा परेका महिलाहरुको पहुँच सबै क्षेत्रमा सरल र सहज रुपमा हुनु जरुरी छ ।

लक्षित वर्गमा सुचनाको पहुँच नहुनुको कारणले गर्दा र सुरक्षाको प्रत्याभुति दिलाउन नसक्ने कारणले गर्दा उनिहरुको सहभागितामा पनि कमी हुने गरेको छ । बञ्चितीकरणमा परेको, पिछडीएको समुदायका महिलाहरु, श्रमिक महिलाहरुको सहभागिता गराउनु नै आजको मुख्य चुनौती रहेको छ । स्थानिय स्तरमा संचालन हुने गतिविधिहरुमा त्यस किशिमको सहभागिता गराउनका लागि तोकेरै उहाँहरुलाई बोलाउने र हौसला तथा उत्प्रेरणा दिनु पर्दछ नत्र भने लक्षित वर्ग पछि पर्न जाने र पहुँच हुने, टाठा बाठाहरुको मात्रै सहभागिता दोहोरिने भएका कारण गतिविधिहरु संचालन भएको देखिएता पनि मुल रुपमा लक्षित महिलाहरुले पाउनु पर्ने लाभ तथा सुविधाहरु, सुचनाहरु, अवसरहरु नपाएको अवस्था छ भने जिल्ला, क्षेत्र, प्रदेश र केन्द्र स्तरमा ती महिलाहरुको सहभागिता हुने सम्भावना न्युन रहेको छ जसको कारण पछि पर्ने महिलाहरुको संख्या धेरै देखिन्छ । हाल सरकारी तथा सबै गैह् सरकारी निकायहरुले संचालन गर्ने माहिला लक्षित गतिविधिहरुको प्रभावकारिता नहुनुमा, समावेस गर्न नसक्नुमा यिनै आयमहरुले महत्वपुर्ण भुमिका खेल्दछन ।

यस वर्षको ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको नारा सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता रहेको छ यो नारालाई मुर्त रुप दिन समाजिक न्यायलाई जोड दिदै लैङ्गिक रुपमा महिला र पुरुषबिचको भेदभावलाई हटाई समान सम्मान दिने र समाजको हरेका विकासका गतिविधिहरुलाई दिगोरुपमा लैजान महिलाको अहम भुमिका रहेको स्पष्ट हुन्छ । यो सबै कार्यान्वयन गर्ने जिम्मा हामी सबैको हो भने यसको प्रतिफल हाम्रा भावी पुस्ताले अवश्य प्राप्त गर्ने छन् र त्यो पुस्ताले आजको हाम्रो नेतृत्वलाई, समाजलाई, हाम्रो पुस्तालाई सदैव स्मरण गर्ने छन ।