१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा तनावः प्रहरीको गोली लागी एकको मृत्यु, ९ प्रहरीसहित १२ जना घाइते



अ+ अ-

तनहुँ, भदौ २६ । तनहुँमा पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा परी ९ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् ।

प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नम्बर १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी गम्भीर घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

दुईपक्षीय भिडन्तमा परी प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार सुशील भण्डारी, हरिबहादुर कुमाल र प्रहरी जवानतर्फ चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएका छन् ।

त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका–११ निवासी किरण गुरुङ गम्भीर घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुको उपचारपछि घर फर्काएको छ ।

व्यासनगरपालिका वडा नम्बर ७ मानुड घर भई व्यास–१ मा दिदीसँग बसेर दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय आले गत आइतबार मृत अवस्थामा भेटिएपछि हत्या गरिएको भन्दै ६ दिनदेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।

आलेको हत्याको आरोपमा प्रहरीले दुई युवती र एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रेमशंकर चौधरीले बताए ।

शंकस्पद अवस्थामा मृत भेटिएका आलेको विषयलाई लिएर चर्किएको आन्दोलनका क्रममा शुक्रबार दमौलीस्थित सेतीमादी दैनिकको कार्यालयमा भएको ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सिसाहरु फुटेको छ ।




भर्खरै