५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार राजस्वको १।५ प्रतिशत रकम स्थानीय विकासमा लगाउन माग



अ+ अ-

काठमाडौँ,  भदौ २७ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सारबाट उठ्ने राजस्वको १।५ प्रतिशत जिल्लाको स्थानीय विकासमा खर्च हुँदै आएकोमा दुई वर्षदेखि रोकिएकाले पुनः छुट्याउन माग गरिएको छ ।
दुई वर्षदेखि स्थानीय विकासको रकम कट्टा गरी केन्द्रमा राखिएकाले पुनः फिर्ता गराउने व्यवस्थाका लागि आज राजधानीमा आयोजित सिन्धु विकास सरोकार समितिको दोस्रो वार्षिक साधारणसभाका सहभागीले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य निमा घ्याम्छो लामाले जिल्लाको बृहत्तर विकासका लागि १।५ प्रतिशत करको अंश राख्ने व्यवस्था मिलाइनुपर्ने बताए ।
“राजधानी नजिकै भइकन पनि पिछडिएको जिल्लाका रुपमा परिचित भएकाले स्थानीय विकासका लागि दिइने १।५ प्रतिशत रकम फिर्ताका लागि पहल गरिनुपर्छ”–उनले भने ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान चाल्चाभँडेल र जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णभक्त नेपाललगायत वक्ताले जिल्लाको विकासका लागि स्थानीय विकास कर पुनः राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सभाले पाँच वर्षे कार्यकालका लागि १७ सदस्यीय समितिको कार्य समिति पनि निर्वाचित गरेको छ । समितिको अध्यक्षमा चित्रकुमार चौलागार्इं, सहअध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ उपाध्यक्षमा उद्धवराज सिवाकोटी र उपाध्यक्षमा कामी शेर्पा, निमा शेर्पा र महेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः रामचन्द्र खड्का, आशीष खड्का, छिरिङ लामा र दोर्जे लामा रहेको अध्यक्ष चौलागाईंले जानकारी दिए । रासस