१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याङ्ग्रापालक किसानद्वारा क्षतिपूर्ति माग



अ+ अ-

मुस्ताङ, भदौ ३० । मध्यरातमा हिउँचितुवाले च्याङ्ग्रा सखाप पारेपछि जिल्लाको चराङका किसानले क्षतिपूर्तिको माग गरेका छन् ।
एक साता अघि हिउँचितुवाको समूह गोठमा प्रवेश गरी स्थानीय पेमा छेटेन गुरुङले पालेका १०४ वटा च्याङग्रा मारेका थिए । उनले दशैँ र तिहारलाई लक्षित गरेर ३०० भन्दा बढी च्याङ्ग्रा पालेका थिए । एकै रात रु एक करोडभन्दा बढीको क्षति भएकाले आफूलाई पशु सेवा कार्यालयलगायत अन्य सङ्घसंस्थाले सहयोग गर्नुपर्ने किसान गुरुङको भनाइ छ ।
“दुःख गरी च्याङग्रा पालेको थिएँ, व्यापार हुने बेलामा यस्तो विपत्ति आइलाग्यो”, उनले भने, “सहयोग पाइए थप च्याङ्ग्रा किन्ने थिएँ ।” गतवर्ष मङ्सिरदेखि चैतसम्म परेको भारी हिमपात पछिको चिसोले गुरुङले पालेको २० भन्दा बढी च्याङ्ग्रा मरेका थिए ।
कहिले हिउँ त कहिले चितुवाले च्याङ्ग्रा खाइदिएपछि व्यवसाय सङ्कटमा परेको उनको भनाई छ । चिसोले मरेको भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन भए पनि अहिलेसम्म सरकारका तर्फबाट कुनै किसिमका सहयोग प्राप्त नभएको स्थानीय किसानहरुको गुनासो छ ।
अत्यधिक चिसोका कारण उक्त याममा उपल्लो मुस्ताङमा ४ हजार पशु चौपाया भोकभोकै मरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । हिउँचितुवाले एकहप्ताको अवधिमा चराङसहित कागबेनी र मार्फा क्षेत्रमा पालिएका पशु चौपायालाई आक्रमण गरी आतङ्क मच्चाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पीडित किसानलाई नगद, गोठ संरक्षणका लागि सोलार सेटहरु वितरणको तयारी भइरहेको बताए ।
“हामीले केन्द्रमा बजेट माग गरेका छौँ, विगतका वर्षहरुमा पनि वितरण गरेका थियौँ, अहिले पनि वितरण गर्छौ” उनले भने ।
जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा नन्दलाल वर्माले तथ्याङ्क सङ्कलन गरेर क्षतिपूर्तीेको निर्णय गरिने बताए । रासस