१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अधिवेशनः ४० जिल्लाको नतिजा सार्वजनिक, साँझ सम्म थप २० जिल्लाको आउने



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार  साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आउनेक्रम जारी छ । 

बुधबार बिहान सम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ। अन्य जिल्लाको मत परिणाम  आउने क्रम जारी छ  ।  १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौंमा हुँन गैरहेको छ