१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको आन्दोलन जारी, २ सय २६ थान मुद्दाको पेसी तोकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आज पनि सर्बोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ ।  वारको अगुवाई भै रहेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा पनि पनि प्रदर्शन भएको छ ।  दैनिक २ घण्टा प्रर्दशन गर्दे आएको बारले प्रधानन्यायधीशको राजीनामा नआउदा सम्म आन्दोलन जारी राख्ने बताएको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत नै नेपाल बारले बिहिबार सर्बोच्च देखी प्रधानन्यायधीशको निबास बालुवाटार सम्म मार्चपास गर्दै छ ।  यसैबीच सर्बोच्चका न्यायधीशहरुले बेञ्च बहिष्कार गरेपनि प्रधानन्यायधीश राणाले आजका लागि १० वटा इजलास तोक्नु भएको छ ।  उहाँले  ८ संयुक्त र दुई एकल इजलास सहित कूल २ सय २६ थान मुद्दाको पेसी तोक्नु भएको छ ।