• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब

एएफसी यु–१६ फुटबलमा भोलि नेपालले किर्गिस्तानको सामना गर्ने



काठमाडौँ,  भदौ ३१ । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सञ्चालन हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले विजय लक्ष्यका साथ भोलि शुक्रबार बेलुका किर्गिस्तानको सामना गर्नेछ ।
उक्त प्रतियोगिताको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले सबैभन्दा बलियो मानिएको टोली जोर्डनलाई समेत पराजित गरेको थियो ।
हिजो बुधबार भएको खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भएको थियो ।
त्यस्तै, बुधबार नै भएको पहिलो खेलमा किर्गिस्तान भने ओमनसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने किर्गिस्तान अङ्क विहीन छ । त्यस्तै, उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसहित आयोजक किर्गिस्तान, ओमन र जोर्डन छन् ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछन् भने दश टोलीमध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् । रासस